काठमाडौं गोल्डेन्स फाइनलमा
धनगढी, २९ चैत । धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । निकै खराव सुरुवात गरेको महेन्द्रनगरले १० रन बनाउँदा महत्वपुर्ण ६ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले खाता नै नखोली पभेलियन फर्किएका थिए ।
निकै दबावमा रहेको महेन्द्रनगरका आरिफ शेख र पुनित मेहराले सातौ विकेटका लागि ५ रनको साझेदारी गर्दै टिमको पारिलाई सम्हालेका थिए । आरिफ शेख ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौ विकेट खेर फाल्यो । त्यसपछि आठौं विकेटकालागि पुनित मेहरा र करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पु¥याए । पुनित मेहराले ५ र करण केसीले २१ रन बनाए ।
बलिङ तर्फ काठमाडौका सन्नी पटेलले ६ विकेट लिए । चार ओभरमा १० रन खर्चदै महेन्द्रनगरको महत्वपुर्ण विकेट हात पारे । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी समेत बने । जवाफमा काठमाडौ गोल्डेन्सले १८ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।
काठमाण्डौका ओपनर ब्याट्म्यान सुबोध भाटीले विस्फोटक ब्याटिङ गर्दैै १८ बलमा ५२ रन बनाए । जारी प्रतियोगितामा कम बलमा अर्धसतक पुरा गर्ने भाटी पहिलो खेलाडी बने । काठमाण्डौका लागि अमित श्रेष्ठ २६, भुपेन्द्र थापा १५, कप्तान ज्ञानेन्द्र मल्ल २५ र नरेश बुढाऐरले ७ रन बनाए । बलिङ तर्फ महेन्द्रनगरका पुनित महेराले दुई विकेट लिए ।
टिम चौराहा धनगढी यसअघि नै काठमाडौलाई एक विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोली हुनेछ । डिपिएलमा प्रथम लाई २५ लाख द्धितियलाई १० र तृतियलाई ३ लाख र चौथौ हुने टिमलाई २ लाख नगद पुरुस्कार रहेको छ ।













