बलात्कारको प्रयास गर्ने टुक्कीलाई कालोमोसो

कैलाली, २६ चैत । कैलारी गाउँपालिका–१, दक्षिण मन्झराका एक व्यक्ति महिलामाथि यौन दुरव्यवहार गर्न थालेपछि गाउँलेहरु कालोमोसो डल्नुका साथै जुत्ताको माला लगाएर दण्ड सजाय गरेका छन् ।

यही चैत्र २३ गते राति १२ बजे स्थानीय कृष्ण प्रसाद चौधरी (टुक्की) भन्ने व्यक्ति गाउँकै स्थानीय महिलामाथि बलात्कारको प्रयास गर्न थालेपछि स्नीयले पक्राउ गरी कालोमोसो र जुत्ताको माला लगाएका हुन् ।

कामको सिलसिलामा श्रीमान बाहिर गएको मौका छोपी राती घरमा आएर आफुमाथि यौन दुरव्यवहार गरि जबरजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छिन् ।

उनले यौन दुरव्यवहार गर्दा आफु प्रतिकार गरेको बताउदै टुक्कीले आफूलाई बलात्कार गर्ने उद्देश्यले नै आएको बतााईन् । उनले आफूमाथि जवरजस्ती गर्न थालेपछि प्रतिकार गर्दा कुटपिट समेत गरेको र कुटपिटपछि आफू चिच्याउदा गाउँ टोलका स्थानीय आएर टुक्कीलाई पक्राउ गरेको बताईन् ।

पक्राउ गरि चैत्र २४ गते गाउँका स्थानीय महिलाहरु टुक्कीलाई कालोमोसो डल्नुका साथै जुत्ताको माला लगाएका थिए । त्यसैगरि टुक्कीलाई दुईलाख डण्ड जरिवाना गर्नुका साथै यस्तो गल्ती नदोहोरिन चेतवानी दिई माफी मगाएका छन् ।