बहुआयामिक इन्टिलिजेन्ट्स पद्धतिमा कक्षा सञ्चालन गर्छौं: स्माइल

एभरेष्ट एकेडेमी आफ्नो स्थापनाको चौध बर्ष पुरा गरेको छ । कक्षा १२ सम्म सँचालन हुँदै आएको एभरेष्टले यसै शैक्षिक शत्रदेखि नयाँ लगानी थपेर नयाँ कार्यक्रम पनि शुरु गरेको छ । प्रस्तुत छ, बिद्यालयले अघि सारेका कार्यक्रम र भावी योजनाको बारेमा बिद्यालयका प्रिन्सिपल सञ्चालक स्माइल चौधरीसँग गरेको कुराकानी …. 

एभरेष्ट एकेडेमीको शैक्षिक अवस्था के–कस्तो रहेको छ ?

एभरेष्ट ऐकेडेमीले हाल १२ सम्मको कक्षा सञ्चालन गरी पठनपाठन गर्दै आएको छ । निकट भविष्यमै स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी छ । साथै विज्ञान संकायको कक्षा पनि हामीले सञ्चालन गर्ने तयारी गरिरहेका छौ । विद्यार्थीलाई समय सापेक्ष शिक्षण पद्धति लागु गरी गरी ज्ञान दिने कुरामा हामी कटिबद्ध छौ । यसको लगि स्टेम एप्रोचमा जाने र गुणस्तरिय शिक्षाका लागि युनिसेफले परिभाषित गरेका ६ वटा बुदालाई कार्यान्वयन गर्ने तयारी विद्यालयले गरेको छ । संंगै बहु आयामिक तथा सैद्धान्तिक पद्धतिबाट कक्षागत पठनपाठन गर्ने भन्ने योजना अनुसार हामीले आगामी योजना निर्माण गरेका छौ ।

नेपाल सरकारले ४० प्रतिशत प्रयोगात्मक र ६० प्रतिशत सैद्धान्तिक विषयको पठनपाठन गर्ने नीति निर्माण गरेको छ । विद्यालयले त्यसलाई पनि पूर्ण रुपमा कार्यान्वयन गरी लागु गर्दै आएको छ । बहुआयामिक इन्टिलिजेट्स पद्धति मार्फत कक्षा सञ्चालन गर्दा विद्यार्थी कमजोर र राम्रो भन्ने हुँदैन । बिद्यार्थीहरुको क्षमता पहिचान गरी सोही अनुसारको शिक्षा हामीले प्रदान गर्ने योजना बनाएका छौ । त्यस अनुसार कक्षामा कति किसिमका विद्यार्थी छन्, तिनको वर्गीकरण गरी सोही अनुसारको शिक्षा प्रणाली गर्दै आएका छौ ।

युनिसेफले लागु गरेका ६ वटा मापदण्ड के–के हुन् ?

युनिसेफले शिक्षाको विकासका लागि तयार पारेका ६ वटा मापदण्ड भित्र पर्ने बुँदाहरु गुणस्तरिय विषयसूची, गुणस्तरिय सिकाई, गुणस्तरिय शिक्षक, गुणस्तरिय कक्षा, गुणस्तरिय भौतिक पूर्वाधार लगायतका छन् । एभरेष्टमा शैक्षिक गुणस्तर कायम गर्न हामीले ती बुदाहरुलाई योजनाबद्ध रुपमा कार्यान्वनय गर्ने गरेका छौ ।

नयाँ शैक्षिक शत्रलाई कसरी लिनु भएको छ ?

नयाँ शैक्षिक सत्र नयाँ श्रेणी पार गर्ने एउटा अवसर पनि हो । यो अवसर सवै विद्यालयका लागि महत्वपुर्ण हुने गर्दछ । यो बेला अभिभावक, विद्यार्थी तथा शिक्षा पे्रमीका लागि पनि नयाँ अवसर हो । यसबेला अभिभावकले बालबालिकालाई विद्यालय भर्ना गर्दा विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । विद्यालयको भौतिक अवस्थालाई मात्र ख्याल गर्न खोजिएमा अभिभावक धोका खान सक्छन् । त्यसैले अभिभावकले यस बेलामा विशेष सुझबुझ गरी आफ्ना बालबालिकालाई विद्यालय भर्ना गर्न पनि आग्रह गर्दछुु । अहिले एभरेष्ट एकेडेमीले जुन किसिमको भौतिक संरचना निर्माण गरेको छ । सोही अनुसार ल्याब, विज्ञान प्रयोगशाला, कक्षा कोठा तथा अन्य श्रोत साधन निर्माण गरेको छ । विद्यालयले अझै केही पूर्वाधार तयार पारिरहेको छ । हाल निर्माणधिन पूर्वाधार आगामी शैक्षिक प्रयोग गर्ने छौ ।

विद्यालयको भौतिक अवस्था के–कस्तो छ ?

विद्यालयमा सवै आधारभूत सुविधा उपब्ध छन् । शायदै गोदावारी नगरपालिकामा एभरेष्ट एकेडेमीको जस्तो भौतिक सुविधा अन्य विद्यालयमा नहोला ।

शैक्षिक जनशक्तिको व्यवस्था के–कस्तो छ ?

हालसम्म विद्यालयमा गुणस्तरिय शिक्षक, शिक्षिकाको व्यवस्था गरि शिक्षण गरिदै आएको छ । यसका अलावा नयाँ विषयका लागि अझै अनुभवी शिक्षक, शिक्षिकाको नियुक्ति गर्ने तयारी विद्यालयले गरिरहेको छ । हाल विद्यालयमा उपलब्ध शिक्षक शिक्षिकालाई पनि बेला वखत तालिमाको व्यवस्था गरिदै आएको छ । त्यसले विद्यार्थीको शिकाईमा अझै सहज हुने गर्दछ ।

अतिरिक्त क्रियाकलापमा कत्तिको जोड छ ?

हामीले बहुशिक्षा प्रणालीमा ९ वटा विधा तयार पारी विद्यालयमा सोही अनुसार शिक्षण गर्दै आएका छौ । त्यसैका आधारमा हामीले अतिरिक्त क्रियाकलापको व्यवस्था गरेका छौ ।

छात्रवृतिको व्यवस्था के–कस्तो छ ?

हामीले दिगो लक्ष्य २0३0 को विश्वव्यापी मान्यतालाई पूर्ण रुपमा पच्छ्याएर अगाडी बढिरहेका छौ । त्यसको लक्ष्य नम्बर ३ ले गुणस्तरिय शिक्षालाई समेटेको छ । त्यसको विद्यालयले पुर्ण रुपमा कार्यान्वनयन गर्छ । त्यसका अलावा कुन कुन क्षेत्रमा विद्यार्थीलाई सहयोग गर्न सक्छ, त्यसको पनि आवश्यक अध्ययन गरी अपाङ्गका लागि ¥याम्प निर्माण गर्ने, दलित, गरिब, तथा पिछडिएका विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने गर्दछौ । तर उनीहरुको समान लैङ्गिक दृष्टि कायम गर्न पनि हामीले बिभिन्न मेथड प्रयोग गरी उनीहरुलाई स्थापित हुने बाटोमा जानका लागि सोच्ने वातावरण निर्माण गर्छौ ।

विद्यालय तथा विद्यालय भन्दा बाहिर रहेका अभिभावलाई के भन्न चाहनु हुन्छ ?

हामी सवै अभिभावकलाई के भन्न चाहन्छौ भने गुणस्तरिय शिक्षा प्रदान गर्न एभरेष्ट कटिबद्ध छ । शिक्षाको गुणस्तरलाई सुधार्न र शिक्षामा अभिभावकलाई पनि जोड्न हामीले हाम्रा अभिभावकसंग नियमित सम्पर्कमा रहने गरेका छौ । बेला बखत शिक्षाको गुणस्तर सुधार्नका लागि अभिभावकसंग छलफल पनि गर्दै आएका छौ । प्राथमिक शिक्षकका रुपमा विद्यालयमा कार्यरत शिक्षक भए पनि आधारभुत शिक्षकका रुपमा हामीले अभिभावकलाई मान्दै आएका छौ ।

पूर्व प्राथमिक तहमा विद्यार्थीका लागि के–कस्तो व्यवस्था रहेको छ ?

पुर्व प्राथमिक तहमा आधारभुत सुविधा सवै उपलब्ध छन् । यसका अलावा मन्टेश्वरी तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको छ । विद्यार्थीको सिक्ने बातावरण निर्माणका लागि आगामी शैक्षिक सत्रदेखि हामी पुर्व प्राथमिक विद्यालयका विद्यार्थीलाई अलग्गै भवनमा राखेर सम्पुर्ण सुविधा सहित पठनपाठन गराउने छौ ।