फोनिज महाधिबेशनमा टीकापुर घटनाको इन्ट्री

कैलाली, २४ चैत । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशको दोस्रो दिन बन्दसत्रमा टीकापुर घटनाको इन्ट्री भएको छ ।

महाधिबेशनको बन्दसत्रमा प्रस्तुत गरिएको प्रतिबेदनमा टिकाटिप्णी गर्दै कैलालीका अध्यक्ष लखन चौधरीले राजनीतिक सवाल कहिकतै नछोएको अभास भएको बताउदै फोनिजले टीकापुर घटनाको विषयमा न्यायसंगत बहस गर्न आवश्यक रहेको बताए ।

उनले राज्यबाट ओझेलमा पारिएका जनजातीहरुका मुद्धा प्रति फोनिजको वकालत गर्ने दायित्व रहेको बताउदै विगत ३१ महिना अगाडी थरुहट/थारुवान आन्दोलनको क्रममा टीकापुर घटनामा आरोपित २७ जना पुर्पक्षकालागि २६ महिनादेखि जेल जिवन विताईरहेका बन्दीको न्यायगत वकालत गर्ने फोनिजको जिम्मेवारी रहेको बताए ।

बन्दसत्रमा बोल्दै चौधरीले फोनिजले जारी गर्ने घोषणपत्रमा टीकापुर घटना प्रमुखमुद्धाको रुपमा लेखिनुपर्ने आग्रह समेत गरे । उनले राज्यले दबाएर राखेका जानजातीका मुद्धालाई फोनिजले मिडिया मार्फात खुलेर लेख्नुपर्ने माग गरे ।

त्यसै गरि बन्दसत्रले ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने बताएको छ । काठमाडौं प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्षमा महाधिवेशनको उदघाटन उपपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । कार्यक्रममा पुनले लोकतन्त्र बलियो भएमात्र नेपाली सञ्चारमाध्यम बलियो हुने भन्दै लोकतन्त्र र समावेशी समानतालाई संस्थागत गर्नेगरी कलम चलाउन जनजाति पत्रकारलाई आग्रह गरेका थिए ।

त्यसै गरि बाँके, कैलाली, कञ्चनपुर लगायतका थारु पत्रकारहरुले थरुहट/थारुवान आन्दोलन जनजातीहरुकै आन्दोलन रहेकोले फोनिजले आफ्नो घोषणापत्रमा सो विषय उल्लेख गर्नुपर्ने जोडदार माग उठाएका थिए ।

नेपाली मिडिया अझै आवाज विहिनको आवाज बन्न नसकेको बताउँदै उपपराष्ट्रपति पुनले मिडियाकर्मीलाई उत्पीडितहरुको पक्षमा कलम चलाउन आग्रह गरेका थिए । पछाडि परेका वर्गको अधिकारको विषयमा कलम चलाउँदा राष्ट्रिय पहिचान, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता नखल्बल्याउने तर्फ सचेत रहन पनि उनले पत्रकारको ध्यानाकर्षण गराएका थिए ।