महेन्द्रनगरको दोस्रो जित

धनगढी, २२ चैत । विनोद भण्डारीले कप्तानी पारी खेलेपछि महेन्द्रनगर युनाइटेडले रुपेन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा दोस्रो जित हात पारेको छ ।
दोस्रो जितसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चार खेलमा पराजित भएको रुपेन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।