वडा कार्यालयले सेवा दिन थालेपछि सेवाग्राही खुशी

धनगढी, २२ चैत । विगत ८ महिनादेखि साविक उर्मा गाविस कार्यालयको भनवबाट वडा कार्यालयको सेवा लिदै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का सेवाग्राही खुशी भएका छन् ।

आफ्नै गाउँका वडा कार्यालय स्थापना भएपछि सेवाग्रहीलाई सेवा सजिलो भएको खुशी व्यक्त गर्छन् । वडा नम्बर १६ मा भादा, वेहडाबाँबा र वियसाका सेवाग्राही यस अघि भोग्दै आएको समस्या अन्त्य भएको बताउछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले वडा कार्यालय वडामै स्थापना भएपछि सेवा प्रदान गर्न सहज हुने बताए ।

वडा अध्यक्ष चौधरीले लामो समयको प्रतिक्षा पछि वडा कार्यालय स्थापना भएको बताउदै अहिले २ कोठे भवनबाट सेवा दिदै आएको बताए । उनले कार्यालयलाई व्यवस्थित गर्न नयाँ भवनका लागि टेण्डर आवाह्न गरेको बताए ।

धनगढी नगरपालिका २०७३ साल बाट १९ वटा वडा सहित उप महानगरपालिका घोषणा भएपनि अझै वडा नम्बर १५, १७ एउटा भवनबाट संञ्चालन भईरहेका छन् भने १०, १२ र ९ नम्बर वडा कार्यालय एढटा भवन बाट संञ्चालन हुदै आएका छन् ।