क्रान्तिकारी पत्रकार कैलालीको अध्यक्षमा बबिता निर्वाचित

धनगढी, २१ चैत्र । क्रान्तिकारी पत्रकार संगठन नेपालको जिल्ला सम्मेलनबाट बबिता उपाध्यायको अध्यक्षमा नयाँ जिल्ला समिति चयन भएको छ ।

बुधबार कैलालीको धनगढीमा सम्पन्न जिल्ला सम्मेलनले उपाध्यायको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सचिवमा नविन कार्की, कोषाध्यक्षमा कोमल देवकोटा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रविण चौधरी, जनक भुल, राजेश्वरी बिक, अनिता ढुंगाना, लक्ष्मी बमलगायत रहेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र रावलले श्रमजीवि पत्रकारको हकहितको लागि बोल्ने बास्तविक संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल भएको बताउँदै सम्पूर्ण श्रमजिवी एकताबद्ध हुनुपर्ने बताए ।

सम्मेलनमा शुभकामना दिँदै नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य शंकर खड्काले आफ्नो पार्टीले आमूल परिवर्तनको लागि नयाँ शिराबाट राजानीतिक आन्दोलन सुरु भएको बताउँदै क्रान्तिकारी पत्रकारको भूमिका बढेको बताए ।

संगठनका केन्द्रीय सदस्य उन्नती चौधरीलगायतले नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।