टीम चौराह धनगढीको दोस्रो जित

टीम चौराह धनगढीले डीपीएल प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।

महेन्द्रनगरले युनाइटेडले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा टीम चौराह धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो । टस जितेर बलिङ गर्ने निर्णय गरेको टीम चौराहले २ मात्रै विकेट खर्चेर लक्ष्य भेट्टाएको हो ।

धनगढीका लागि सुनिल धमलाले सर्वा्धिक नटआउट ४६ रनको पारी खेले । ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे । यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे । ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे ।

यस्तै यूएईकै अर्का खेलाडी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे । उनले ६ चौका प्रहार गरेका थिए । सोनु तामाङ १५ रनमा नटआउट रहे । ३ खेलमा २ वटा खेल जितेपछि टीम चौराह धनगढी चौथो स्थानबाट ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे । यस्तै उसका पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन जोडे । सबाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

शुरुवाती मै महेन्द्रनगर युनाईटेडले खासै प्रदर्शन गर्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए । ४ विकेट लिएका टीम चौराह धनगढीका ललितसिंह भण्डारी प्रतियोगिताको म्यान अफ दि म्याच भए । उनले नगद रु.१० हजार समेत प्राप्त गरे ।