राधामाथि कुटपिट गर्ने छ जना पुर्पक्षकालागि कारागार चलान
कैलाली, २० चैत । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ५ देउकलियामा बोक्सिको आरोपमा राधा चौधरीमाथि कुटपिट गर्ने ६ जनालाई पुर्पक्षका लागी कारागार चलान गरीएको छ ।
सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतमा मुद्दा पेश हुदा अदालतले उनिहरुरुलाई पुर्पक्षका लागी कैलाली कारागार पठाउन आदेश दिएको हो ।

घोडाघोडी नगरपालिका वडा नमम्वर ५ देउकलिया बस्ने २३ बर्षिय भोलेबाबा भन्ने राम बहादुर चौधरी, १८ बर्षिया किस्मत चौधरी, ३४ बर्षिय बेद प्रसाद चौधरी, ३३ बर्षिया चनकला चौधरी, ४१ बर्षिया सितारानी चौधरी र घोडाघोडी नगरपालिका वडा नम्वर ३ की २४ बर्षिया स्मारिका चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरीएको हो ।
भोलेबाबा भन्ने राम बहादुर चौधरीले बिभिन्न महिलालाई बोक्सी लागेको र छुटाई दिन्छु भनी निर्घात कुटपिट गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ । फागुन २४ गते बोक्सीको आरोपमा राधा चौधरीलाई निर्घात कुटपिटि गरिएको थियो ।













