गौरीफन्टा नाकाका विषयमा छलफल
कैलाली, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा प्रदेश सातको गौरीफन्टा नाकाका विषयमा यस अघिको सरकारले गरेको सहमती कार्यान्यनका लागी प्रदेश सरकारले पहल गनुपर्ने भन्दै स्थानीय सरकार तथा उद्योगी व्यवसायीले मुख्य मन्त्री संग छलफल गरेका छन् ।
मुख्य मन्त्री त्रिलोचन भट्टसंग धनगढी उपमहानगरपालिका प्रमुख, उप प्रमुख, अद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष, पर्यटन र होटल व्यवसायी संघले छलफल गरेका छन् । उनीहरुले यसअघिको सरकारले गौरिफन्टा नाका स्तरोन्नति गर्ने विषयमा भारत सरकारसग सहमति गरिसकेकाले यस पटकको भ्रमणका क्रममा उक्त सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन ।
लामो समय देखि चर्चामा रहेको गौरीफंटा नाका लाई अन्य स्थानमा सार्न कोषिस भईरहेका कारण त्यसमा प्रदेश सरकारले गम्भिर बन्नु पर्ने उनिहरुको माग छ ।
पुर्व प्रधानमन्त्री सेर बहादुर देउवाको सरकारले गौरीफंटा नाकाको विषयमा भारत सरकार संग सहमती गरिसकेका कारण भारत भ्रमणमा रहेका केपी शर्मा ओलीले उक्त सहमती कार्यान्यनका लाग पहल गनुपर्ने उनिहरुको माग छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा यस क्षेत्रका जनप्रतिनिधी तथा उद्योग व्यवसायीको सहभागिता हुन आवश्यक रहेको बताए ।
प्रदेश सातको विकासका लागी मुख्य मेरुदण्डाका रुपमा रहेको गौरीफंटा नाकालाई अन्तराष्ट्रिय स्तरको नाका बनाउन सकेमात्र यस क्षेत्रको विकास सम्भब रहेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप वहादुर वडले बताए ।

गौरफंटा नाकाका विषयमा छलफल
चैत्र २५ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषयलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने उनको सुझाब छ । उनले यसअघिको सरकारले गौरिफन्टा नाका स्तरोन्नति गर्ने विषयमा भारत सरकारसग सहमति गरिसकेकाले यस पटकको भ्रमणका क्रममा उक्त सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन ।
सरोकारवालासगको भेटपछि मुख्य मन्त्री त्रिलोचन भट्टले पनि नाका स्तरोन्न्तिको विषयमा पं्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए । उनले गौरीफंटा नाकाका विषयमा प्रदेश सरकार समेत गम्भिर रहेको जानकारी दिए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा आवश्यक परेको खण्डमा प्रदेश सातबाट समेत प्रतिनिधी पठाउने विषयमा सरकार संग छलफल हुने उनको भनाई छ ।
गौरीफंटा नाकालाई स्तरउन्ति गर्न माग गदै कैलाल निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य नारदमुनी रानाले समेत प्रराष्ट्रिमन्त्री प्रदिप ज्ञवाल लाई ज्ञापन पत्र वुझाएका छन् ।
यसअघिको शेर बहादुर देउवा नेतृत्वको सरकारले गौरीफन्टालार्ई अन्तराष्ट्रिय नाका बनाउने भन्दै भारत सरकारसग सहमति गरेको थियो । तर, उक्त सहमति कार्यान्वयन नहुदै चैत्र २५ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जादैछन् । उक्त भ्रमणका क्रममा गौरिफन्टा नाकाको स्तरोन्न्ति गर्दै अन्तराष्ट्रिय नाकाको रुपमा विकशित गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्न जरुरी छ ।













