टीम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् विजय

कैलाली, १९ चैत । धनगढीमा जारी डीपीएल अन्तरर्गत आज भएका दुई वटा खेलमा टीम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् विजय भएका छन् ।

कप्तान सोमपाल कामीको उत्कृष्ट प्रर्दशनले धनगढीमा जारी डीपीएल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा टीम चौराह धनगढी विजयी भएको हो ।

टस हारेर १५१ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको टीम चौराह धनगढीले निर्धा्रित ओभर सकिन ४ बल बाँकी रहँदै लक्ष्य पुरा ग¥र्यो । ७ विकेट खेलेको टीम चौराह धनगढीले शुरुवातमा गतिलो प्रदर्शन गर्न नसके पनि खेलको अन्त्यतिर मैदान छिरेका कप्तान सोमपाल कामीको उत्कृष्ट प्रदर्शन जित हात पार्न सफल भयो ।

उनले ३ छक्का र ३ चौका प्रहार गर्दै १५ वलको मद्वतमा ३९ रन जोडे । खेलको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गरेका उनी खेलको म्यान अफ द म्याच भए । धनगढी चौराहलाई जित दिलाउन विदेशी खेलाडी रोहन मुस्तफाले ४० रन जोडे । उनले १ छक्का र ३ चौका प्रहार गर्दै ४२ बलको मद्वतमा ४० रन बनाए । राजेश पुलामी मगरले १ छक्का र २ चौका प्रहार गर्दै १९ वल खेलेर २१ रन जोडे । अशफाक अहमदले १० र राज रिजालले १० रनको योगदान दिए ।

टीम चौराह धनगढीका खेलाडीलाई रोक्ने क्रममा सीवाईसी अत्तरियाका दिपेन्द्र सिंह ऐरी र शुभङ्कर उराउले २÷२ विकेट लिए । यस्तै भिपिन चन्द्रा र विनोद लामाले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सीवाईसी अत्तरियाले निर्धा्रित २० ओभरको खेलमा ८ विकेट खर्चेर एकसय ५० रन बनाएको थियो । सीवाईसी अत्तरियाका लागि प्रेम तामाङ्गले २८ र भिपिन चन्द्राले २८ रन जोडे ।

प्रेमले २ छक्का प्रहार गर्दै २९ वलको मद्वतमा २८ रन जोडेका हुन् । भिपिन चन्द्राले १ छक्का र १ चौकाको मद्दतले २० वलमा २८ रन जोडे । यस्तै कुशल भुर्तेलले १ छक्का, ३ चौका प्रहार गर्दै १८ वलको मद्वतमा २५ रन बनाए । टीम कप्तान सुवास खकुरेलले ३ चौका प्रहार गर्दै ११ वलको मद्वतले १३ रन मात्रै जोड्न सके ।

सीवाईसी अत्तरियाका लागि कृष्ण कार्कीले १४ रन जोडे भने गौरव चित्रकारले १३ रन जोडे । सीवाईसी अत्तरियाका खेलाडीहरुलाई रोक्ने क्रममा टीम चौराह धनगढीका ललित भण्डारीले ३, रोहन मुस्तफाले २, कप्तान सोमपाल कामीले १ र सम्सद शेखले १ विकेट लिए ।

त्यस्तै धनगढी प्रिमियर लिग (डिपिएल) कोे दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्स्ले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले हराएको छ । काठमाण्डौ गोल्डेन्स्ले निर्धारित २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय ८६ रन बनायो । यो अहिले सम्मकै सर्वाधिक रन समेत हो ।

काठमाण्डौका लागि भारतिय खेलाडी सन्नी पटेलले १९ बलमा ४८ रन जोडे । उनि प्रतियोगितामा म्यान अफ दी म्याच समेत घोषित भए । त्यस्तै शुवोध भारीले ४२, अमित श्रेष्ठले ३० लन बनाए भने नरेश बुढाऐरले २० र कप्तान ज्ञानेन्द्र मल्ले टिमका लागि २० रन जोडे ।

रुपन्देहीका लागि अमर सिंह रौटेला, सुफयान मेहमुद र बिक्रम भुषालले समान एक÷एक विकेट लिए । टस हारेर पहिले फिल्डिङ्ग गरेको रुपन्देहीले १८ दशमलव ४ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय २३ रन मात्रै बनाउन सक्यो । उसका लागि प्रदिप ऐरीले अर्ध सतक लगाएपनि आफ्नो टिमलाई विजयी गराउन सकेनन् । प्रदीपले ५७, सागर पुनले १८ र दीपक प्रसादले १० रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । काठमाण्डौका लागि रासिद खानले ४, ललित राजवंशीले ३ र साहव आलमले २ विकेट हात पारे ।