बँदेलको आक्रमणबाट वन अधिकृत घाइते

कञ्चनपुर, १८ चैत । कञ्चनपुर जिल्ला वनका अधिकृत जिवछ यादव बँदेलको आक्रमणमाबाट घाइते भएका छन् ।

सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले एक्कासी आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले जानकारी दिए ।

यादवको घाँटीमा चोट लागेको छ । घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको बताइएको छ ।