रेडियन्ट ग्याँस उद्योग स्थान्त्रणको माग

कैलाली, १८ चैत । मेडिकल कलेज निर्माण गर्ने भन्दै रेडियन्ट ग्याँस उद्योग सञ्चालनमा ल्याईएपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का स्थानीयहरुले उद्योग बनदको माग गदै कैलालीका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र वुझाएका छन् ।

मेडिकल कलेज निर्माण हुने भन्दै खुशी भएका स्थानीय अहिले रेडियन्ट ग्याँस उद्योगले स्वास्थ्य तथा खेतीपातीमा असर पार्न थालेपछि चिन्तित बनेका छन् । मापदण्ड विपरित ग्याँस उद्योग संचालन भएका कारण त्यसले सुरक्षा जोखिम बढाएको बताएका छन् ।

कुनै पनि उद्योग स्थापना गर्नु भन्दा पहिले उक्त उद्योगसग जोडिएका जग्गा धनीको समेत सहमति आवश्यक पर्दछ । तर, गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थापना गरिएको रेडियन्ट ग्याँस उद्योगले भने साध सन्धियारको समेत सहमति नलिई उद्योग संचालन भईरहेको सधियार टेक बहादुर साउँदले बताए ।

करिव ८ वर्ष अगाढी मेडिकल स्थापना गर्ने भन्दै सञ्चालकले भनेपछि स्थानीयहरुले सस्तोमा जग्गा विक्रि गरेका थिए भने खेती गर्दै आएको जग्गामा बाटोका लागि निशुल्क जग्गा उपलब्ध गराएका थिए ।

करिव ८ वर्ष अगाढी ७ विघा जग्गामा स्थापना गरिएको उद्योग स्थानान्तरणका लागि यसअघि पनि स्थानीयहरुले विरोध गर्दै आएका थिए । यस पटक भने सघर्ष समिति नै बनाएर उद्योगको विरुत्र उत्रिएको संघर्ष समितीका संयोजक धुव्र भट्टराईले बताए । उनले उद्योग स्थानातन्त्रण नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।

रेडियन्ट ग्याँस स्थानान्तरण सघर्ष समितिको ज्ञापन पत्र बुझदै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कानुन अधिकृत लोकमणी पाण्डेलाई उक्त विषयमा छानविन गर्न निर्देशन दिएको बताए ।

उनले रेडियन्ट ग्याँस कम्पनीले उत्पादन गर्ने ग्याँस गुणस्तरहिन समेत रहेको भन्दै जिल्ला प्रशासनमा उजुरी आएको बताए । उजँरी तथा अन्य विषयमा समेत सम्बन्धित निकायको सहयोगमा छानविन गरि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।

रेडियन्ट ग्याँस उद्योग भन्दा करिक ५० मिटरको दुरीमा विद्यालय समेत संचालनमा रहेका कारण उद्योग बाट निस्किने विकरणको पत्येक्ष मागरमा विद्यार्थी छन् । उनिहरुले समेत उद्योग हस्थान्त्रणको माग गदै आएका छन् । त्यसैले सम्बन्धीत पक्षले सत्ये तथ्य जानविन गरी उचित उपाय अबलम्न गर्न जरुरी छ ।