महेन्द्रनगर युनाइटेड बिजयी

धनगढी, चैत्र १८ । बलियो टोली विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेडले ?स्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ मा विजयी सु?वात गरेको छ ।

महेन्द्रनगरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर ६ ओभर बाँकी छदै १ सय ३५ रनमा समेटियो। विराटनगरका लागि पृथु बास्कोटाले सर्वा्धिक ३५ रन जोडे ।

त्यसबाहेक बाबर हयातले ३२ रन जोडे। १० बलको सामना गरेका उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। यस्तै, अनिलकुमार साहले २३, पारस खड्काले १६ रन जोडे । महेन्द्रनगर युनाइटेडका अविनाश कर्णले ३ तथा पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन जोडेको हो। महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ३५ रन जोडेका थिए। ३५ बलको सामना गरेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरे।

यस्तै महेन्द्रनगरका पुनित विष्टले २४, आरिफ सेखले २०, हरिशंकर साहले १९ र पुनित मेहराले १८ रन जोडे। विराटनगरका मन्जित श्रेष्ठले २ तथा पारस खड्का र शुभम कामतले १ विकेट लिए ।