साहित्यिक–सांस्कृतिक देश दर्शन अभियान सुरु
कैलाली, १५ चैत । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा साहित्यिक–सांस्कृतिक देश दर्शन अभियान सुरु भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्ट पानसमा दिप प्रज्वलन र सामाजिक विकास मन्त्री दीर्घ सोडारी दमाह बजाएर उक्त अभियानको उद्घाटन गरेका थिए । बिहीबार धनगढी देखि सुरु भएको अभियान बैशाख १ गतेसम्म सञ्चालन हुने छ । साहित्यिक सांस्कृतिक तथा पर्यटकिय देश दर्शन अभियान नेपालका १० र भारतका १० वटा सहरमा विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
नेपालका बिभिन्न शहर हुँदै भारतको दार्जिलिङ, आसाम, सिक्कीम लगायतका स्थानमा पनि कार्यक्रमको आयोजना गरिने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए । अभियानका संयोजक यज्ञराज उपाध्यायले अभियान अन्तर्गत सुदूरपश्चिमका बिभिन्न ८ किसिमका सांस्कृतिक साहित्यिक प्रस्तुती देखाईने बताए ।
सुदूरपश्चिमको मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतसम्म पु¥याउनका लागि अभियान थालिएको हो । अभियान अन्तर्गत हुड्केली, गौरा, छलिया, भुवा, सखिया नृत्य, होली नृत्य, देउडा र राईझुमा गीतको प्रस्तुति रहने जनाईएको छ ।













