महिला मैत्री कानुन बनाउन कुनै कसुर बाँकी राख्दैनः मुख्य मन्त्री भटट्
कैलाली, १५ चैत । सात नम्वर प्रदेशस्तरिय महिला मंच २०७४ कार्यक्रममा मुख्य मन्त्री त्रिलोचन भटटले महिला मैत्री कानुन बनाउन प्रदेश सरकारले कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
आज धनगढीमा महिलामैत्री संघीय गणतान्त्रीक नेपाल सम्भव छ, हामी संस्थागत गर्नेछौ, महिला मंच २०७४ र लोकतान्त्रीक गणतन्त्र नेपालको मुल आधार, पहिचान श्रम र शरिरमा महिलाको आफ्नो अधिकार भन्ने मुल नाराका साथ आजबाट सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर सातका मुख्य मन्त्री त्रिलोचन भटट्ले यस्तो बताए ।
उनले सामाजिक, सास्कृतिक र मनोगत रुपान्तरणका लागि सामाजिक क्रान्तिको आवश्यक,रहेको बताउदै यसका लागि जनप्रतिनीधिबाट यो अभियानको सुरुवात गर्नुपर्ने बताए ।

समाज परिर्वतनका लागि हुने जुन सुकै अभियानमा आफ्नो साथ, समर्थन रहने प्रष्ट पारे । प्रदेश नम्बर ७ लाई कुरिती नामबाट भईरहेका हिंसा न्यूनिकरण गर्न सकारात्मक सोचका साथ आफैबाट यो अभियान सुरुवात गर्नुपर्ने कुरामा जोड् दिए । साथै संबिधानमा उल्लेख भएका कानुन कार्यान्वयनका लागि आफु सधै तत्पर रहने बिश्वास व्यक्त गरे ।
महिला मानव अधिकार रक्षक संञ्जालका केन्द्रिय अध्यक्ष रेणुराज भण्डारीले ५१ प्रतिशत महिला भएको ठाउँमा पनि महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने गरेको बताइन् । उनले महिलाहरुको श्रम र शरिरलाई जब सम्म सम्मान गरिदैन तव सम्म देशको आर्थिक समृद्धीको बिकास हुन नसक्ने तर्क दिइन् ।

कार्यक्रममा उहाँले सामाजिक सांस्कृतिक रुपान्तरण सहितको लोकतान्त्रिक गणतन्त्रको अवधारणा, वर्तमान स्थिति, महिलाको स्थान, चुनौति र अबको बाटो विषयमा आधारपत्र समेत प्रस्तुत गरिन् ।
उपसभामुख निर्मला बडाल जोशीले पितृसतात्मक सोचका अवशेष जिवित रहेका कारण समाजमा बिभिन्न खालका कुरितीजन्य हिसा जडो गाडेको बताउदै सबैले हिंसा न्यनिकरणकोलागि सोचमा परिर्वतन गर्न जरुरी रहेको बताईन् ।

महिला मानव अधिकार रक्षक सजालका अध्यक्ष निर्मला बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमा महिला सांसदहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, सात नम्बर प्रदेशका स्थानिय जनप्रतिनीधहरु र बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधि लगाएत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । आजबाट सुरु भएको प्रदेश स्तरिय कार्यक्रम १७ गते सम्म सञ्चालन हुने छ भने कार्यक्रममा प्रदेश नम्बर सातका महिलाहरुको सहभागिता रहेको थियो ।













