महिला अधिकार संस्थागत गर्न ‘महिला मंच’ भोलीबाट सुरु

धनगढी, १४ चैत । महिला माथी हुने कुरिती कुस्कारको अन्त्य संगै महिला अधिकारलाई संस्थागत गर्न ७ नम्वर प्रदेश स्तरिय महिला मंच २०७४ हुने भएको छ ।

लोकतान्त्रीक गणतन्त्र नेपालको मुल आधार,पहिचान श्रम र शरिरमा महिलाको आफ्नो अधिकार र महिला मैत्री संघिय गणतान्त्री नेपाल सम्भव छ हामी संस्थागत गर्नेछौ भन्ने नाराका साथ भोली बाट धनगढीमा भेला सुरु हुने भएको हो ।

महिला मानव अधिकार रक्षक संजालको आयोजनामा हुने कार्यक्रमको उद्घाटन प्रदेश नम्वर सातका मुख्य मन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको संजालका अध्यक्ष निर्मला बागचन्दले आज धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए।

पितृसत्तात्मक सामाजिक संरचनाबाट जकडिएको समाजमा अझै पनि महिलाहरूको योगदानको कदर हुन सकेकोले महिलाहरुको प्रदेश स्तरिय भेला गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमा प्रदेश नम्बर सातका गाउँपालिका र नगरपालिकामा निर्वाचित भएका महिला जन–प्रतिनिधीहरू र महिला मानवअधिकार रक्षकहरूको बिचमा परिचय आदान प्रदान गदै सहकार्यको वातावरण सिर्जना गर्ने,पहिचान सवालहरू कार्यन्वयन प्रक्रियामा लैजान स्थानीय तह र राष्ट्रिय तहबाट गर्न सकिने कामहरूको बारेमा सात नम्बर प्रदेशमा निर्र्वािचत महिला जन–प्रतिनिधी बीच साझा धारणा निर्माण गर्ने लगाएतका कार्यक्रमको उदेश्य रहेको छ ।

१५ गते देखि १७ गते सम्म सञ्चालन हुने कार्यक्रममा महिलाको स्थान, चुनौती र अबको बाटो, “महिलाको उत्पादन र श्रममा पहुँच, श्रमलाई दिएको मान्यता, लैंगिक समानता र आत्म सम्मान” लगाएत बिषयमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री सहित उपसभामुख निर्मला बडाल जोशी, मन्त्रीहरु ः दिर्घ सोडारी, माया भट्ट र बिनिता चौधरी,राजनीतिक दलका तिनिधीहरु,पत्रकार केन्द्रमा रहेका महिलावादी संस्थाहरुको सहभागिता रहने छ ।