सुकुटी नालामा तट्बन्धन तथा सडक निर्माण

कैलाली, १२ चैत । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कैलाली बहुमुखी क्यापस पछाडीको सुकुटी नालामा टट्बन्ध निर्माण संगै नाला क्षेउमा सडक निर्माण हुने भएको छ ।

शिबनगरको शिवमन्दिर देखि कैलाली बहुमुखी क्याम्पसको खेल मैदान सम्म सडक निर्माण हुनृे भएको छ । क्याम्पस नजिकैको नालामा तट्न्धको काम शुरु भएको छ ।

जल उत्पन प्रकाप नियन्त्रण कार्यालयको शहर बचाउँ कार्यक्रम अन्तरर्गत सडक निर्माण तथा तट्बन्धको काम शुरु भएपछि यस बर्षको बर्षातमा घरमा सुकुटी नालाको पानी बस्तीमा नपस्नेमा स्थानीय ढुक्क छन् ।

सुकुटी नालामा शुरु भएको तट्बन्ध र नाला छेउमा निर्माण भईरहेको सडक समयमै सम्पन्न हुनुपर्नेमाग भन्ने त्यस क्षेत्रका जनताको छ । उनिहरुले विकास निर्माणका काम शुरु हुनु ठुल्लो कुरा नभई काम समयमै सम्पन्न हुनु महत्वपसर्ण रहेको बताए । वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले निर्वाचनका वेला गरेको बाचा पुरा गर्न काम शुरु गरेका कारण स्थानीय खुशी भएको उनिहरुले बताएका छन् ।

निर्माण शुरु भएको तट्बन्ध र सडक निर्माणका लागी यस बर्ष ३० लाख रुपैया खर्च हुने वडा अध्यक्ष नारायण बरालले बताए । उनले जल उत्पन प्रकाप नियन्त्रण कार्यालयको शहर बचाउँ कार्यक्रम अन्तरर्गत अहिले सुकुटी नालाका विभिन्न स्थानमा १ करोड खर्च भईरहेको बताए । बजारमा सवारी चाप बढ्दै गईरहेको समयमा सुकुटी धनगढीमा अतिक्रण भईरहेका नाला लाई उचित व्यस्थापन गरी सडक निमार्ण गर्न सके बजारको सवारी जाम पनि समाधान हुने उनको भनाई छ ।