धनगढी स्याउले सडक समयमा निर्माणको माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापन

कैलाली, १२ चैत । धनगढी स्याउले दिपायल सडक अन्तर्गत धनगढीको हसनपुरदेखी स्याउले बजार हुदै दिपायल सम्मको फासट्रयाक सडकलाई समयमा सम्पन्न गनुपर्ने माग राख्दै सघर्ष समितिले मुख्य मन्त्रीलाई ज्ञापन पत्र वुझाएको छन् ।

धनगढी स्याउले दिपायल सडक अन्तर्गत धनगढीको हसनपुरदेखी स्याउले बजार सम्मको सडक तोडेर धुलाम्य बनाएको भन्दै स्थानियबासीले उक्त सडक सिघ्र निर्माण हुनुपर्ने बताएका छन् ।

सडकमा गुड्ने सवारीका साधनले धुलो उडाएर मानव स्वास्थ्यम गम्भिर असर गरेको भन्दै संघर्ष समितीले एक घण्टा मुख्य मन्त्री कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
धनगढीको हसनपुरदेखी स्याउले बजार सम्मको अलिकती रहेको पिच सडक पनि तोडेर उत्तिकै छोडेकाले सडकमा गुड्ने सवारी साधनले धुलो उडाएर मानव स्वास्थ्यमा असर पर्न थालेपनि थालेपछि उनीहरु आन्दोलन गर्न थालेका हुन् । त्यस्तै लामो सयम देखि चर्चामा रहेको धनगढी स्याउले दिपायल सडकलाई समयमा सम्पन्न गनुपर्नेमाग स्थानीय जनताले गरेका छन् ।

धनगढी स्याउले दिपायल सडक छेउछाउमा रहेका घरधनीहरुलाई सवै भन्दा समस्या भएको छ । समस्या सामाधानका लागी उनिहरुले धनगढी उपमानगरपालिका, खुटिया दिपायल सडक आयोजनाका प्रमुख राजेन्द्र शाह लगायत सम्बन्धीत निकायमा पहल नगरेका होइनन् । कहि कतै बाटपनि कुनै पहल नभएपछि आज मुुख्य मन्त्रीलाई ज्ञापन पत्र वुझाउनु परेको स्थानीय योगेश भण्डारीले बताए । उनले मुख्य मन्त्रीबाट समेत सडक निर्माणका लागी पहल नभए कडा आन्दोलनमा उत्रिने बताए ।

खुटिया नदिबाट बालुवा गिट्टी ल्याउनका लागी ट्याक्टर, ट्रकहरु सोही बाटो भएर जाने गरेका छन् । ट्याक्टर र ट्रकहरुका कारण बढी धुलो उठने भएकाले केहि दिन पहिले सो क्षेत्रका स्थानीयले ठुला गाडी निषेधित समेत गरिसकेका छन् ।

तर त्यतिले मात्रै समस्याको समाधान नभएको संघर्ष समितीका संयोजक कुवेर शाहीले बताए । उनले सडक स्तरउन्तीको जिम्मा पाएका निकायहरु एकले अर्काे लाई दोष दिदै पन्छिरहेका कारण त्यस क्षेत्रका जनताले हैरानी खेप्नु परेको बताए । उनले खुटिया दिपायल सडकलाई यथासिघ्र निर्माण गरी त्यस क्षेत्रका जनाको माग लाई सम्बोधन गरिनुपर्ने बताए ।

खुटिया दिपायल सडक प्रदेश सातको मुख्य मेरुदण्डका रुपमा रहेका कारण यो सडक निर्माणमा आफ्नो पनि उतिकै चासो रहेको प्रदेश सातका मुख्य मन्त्र त्रिलोचन भट्टले बताए । सडक संघष समितीको ज्ञापन पत्र वुझै मुख्यमन्त्री भट्टले खुटिया दिपाल सडकको ट्रयाक खोल्ने काममा आफु जिल्ला विकास समिती डोटीको सभापति भएको समय देखि नै पहल गरिरहेको जानकारी गराए । खुटिया दिपाल सडक पहाड र तराईको लाईफ लाईन भएका कारण सडकको दुरीलाई अझै कर्म गर्न सुरुङमार्गका विषयमा केन्द्र सरकार संग पहल भईरहेको मुख्य मन्त्री भट्टले बताए । क्षेत्रय आयोजनामा रहेको सडकलाई यस बर्ष देखि केन्द सरकारको आयोजनामा पारेर यसलाई समयमा सम्पन्न गर्न मन्त्री भट्टले आश्वसन दिए ।

देश नयाँ सघिय व्यवस्थामा गएसंगै निर्वाचित भएर आएका जनप्रतिनिधी संग विकास निर्माणका सवालमा उत्साहित देखिएका जनताका लागी जनप्रतिनिधीले सोचे अनुरुपम काग गर्न सकेका छैइनन् । जनप्रतिनिधी आएको ८ महिना वितेपनि विकास निर्माणले गति नलिदाँ उनिहरुमा निरासा छाएको छ । त्यसैले विकास निर्माण तथा जनताका सवालमा जनप्रतिनिधी जवाफदेहि बन्न जरुरी छ ।