थारु फिचर फिल्म भूरभूरा रहर निर्माण हुँदै

थारु फिल्मस् प्रोडक्सनको ब्यानरमा थारु फिल्म भुरभुरा रहर बन्ने भएको छ । थारु भाषाको फिचर फिल्म भुरभुरा रहरको शुभारम्भ आज बांकेबाट गरिएको हो । चलचित्रका निर्माता रामलाल चौधरीको एकल लागतमा निर्माण हुने चलचित्रको छायांकन बर्दियाको पत्थरबोझी गाँउमा हुनेछ । चलचित्रको कथावस्तु थारु गाँउ र संस्कृतिसंग सम्बन्धित रहेको कथाका लेखक सुशिल चौधरीले बताए । थारु फिल्मको इतिहासमै यस फिल्ममा पहिलोपटक रेड क्यामेराको प्रयोग भइरहेको फिल्मका निर्देशक मदन चौधरीले बताए ।