‘बच्चाले मम्मी मेरो बाबा कहिले आउछ भनि प्रश्न गर्छ तर जबाफ सुन्य हुन्छ’

कैलाली, ७ चैत । संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानकोलागि सामुदायिक संवाद मञ्च कार्यक्रममा बेपत्ता पारिएका आफन्तजनले बेपत्ता परिवारहरुको पीडा फरक रहेको बताउछन् ।

कैलारी गाउँपालिका ८ का कृष्णी चौधरीले श्रीमानलाई राज्यले बेपत्ता बनाएको १८ वर्ष पुग्यो तर आफू छोराको अगाडी जबाफ विहिन बनेको बताइन् ।

उनले भनिन् ‘छोराले मम्मी मेरो बाबा कहिले आउछ भनि प्रश्न गर्छ तर जबाफ भने सुन्य छ’, मर्नेहरु त मेरेर गए तर बेपत्ता पारिएका आफन्तहरु दोधारमा बाँचिरहेको छौं, कहिले आउँछ कि भन्ने आशाबादी हुन्छौं ।

सरकारले बेपत्ता छानविन आयोग गठन समिति बनाएपनि हालसम्म कुनै काम नगरेको गुनासो गर्दै कृष्णीले भनिन् ‘हाल सम्म हाम्रो कुनै पहिचान छैन्, सरकारले हामीलाई परिचय पत्रको व्यवस्था गरिदिनु पर्छ ।’

उनले द्धन्द्ध प्रभावित तथा बेपत्ता परिवारहरु श्रीमानले गरि खाएको जागिरको सत्तामा कोही जागिर गरिरहेको छ भने उनीहरुको सुनिश्चित गर्नु पर्ने व्यवस्थाको माग गरिन् ।

पछिल्लो अवस्थामा धेरै द्धन्द्ध प्रभावित तथा बेपत्ता परिवारहरु मानसिकरुपले ग्रस्त भएकोले उनीहरुको स्वास्थ्य तथा निशुल्क मनोसामाजिक परामर्शको लागि राज्यले पहल गरिदिन आग्रह गरिन् ।

त्यसै गरि अर्का सहिद परिवार कृति चौधरीले द्धन्द्धको बेला धेरै महिलाहरु यौन हिंसामा परेकोले राज्यले उनीहरुलाई परिपुण दिनुपर्ने माग गरिन् ।

उनले भनिन् ‘द्धन्द्धको बेला यौन हिंसामा परेको महिलाहरु कैलालीमै धेरै छन् । घरबार बनेका केही महिलाहरु गोपनियता भंग भएको कारण घरबार विहिन बनेका छन् ।’

उनले त्यस्ता महिलाहरुको जीवन सुरक्षाको लागि गोपनियतालाई ख्याल गरि राहत प्याकेजमा समाबेस गराउन जरुरी रहेको बताइन् ।
सम्बाद कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपालका कति मान्छे द्धन्द्ध प्रभावित भए भन्ने कुराको तथ्यांक संकलनको लागि थुप्रै योजनाहरु ल्याएपनि एकिन तथ्यांक बाहिरा आउन नसकेको बताए ।

उनले बेला बेला आयोग गठन गरेपनि आयोगले जिम्मेवारी बहन नगरेको कारण पीडित पीडित नै रहयो र बास्तविक पीडित राहतबाट बञ्चित हुन पुगेको बताए ।