चैतको अन्तिम सातामा १ अर्व २ करोड बजेट संसदमा प्रस्तुत गर्ने

कैलाली, ७ चैत । सात नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ महिनाका लागि अल्पकालिन बजेट ल्याउन तयारीमा जुतेको छ ।

मन्त्रालयको क्यालेन्डरमा चालु आर्थिक वर्षकोको बजेट यहि चैत्र २५ वा २६ गते नै संसदमा प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।
मन्त्रालयले केन्द्रले दिने वित्तिय सामान्यीकरण अनुदान तर्फको १ अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारीमा हुतेकोे आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले यसै महिनाको अन्तिममा बजेट ल्याउन क्यालेन्डर बनाएर काम गरिरहेको जानकारी दिए । बजेट ल्याुनअघि आवश्यक पर्ने आर्थिक कार्यविधि ऐन तयारी गरेर बुधवार रायका लागि कानुन मन्त्रालयमा पठाउने तयारी भईरहेको बताए । बजेटमा समेटनुपर्ने विषयबस्तु तयार गरेर फागुन १३ गतेभित्रै अर्थमन्त्रालयमा पेश गर्ने भन्दै भोलि नै अन्य मन्त्रालयहरुलाई १९ बुदे मार्गदर्शन सहित पत्राचार गरिने सचिव श्रेष्ठको भनाई थियो ।

फागुन २२ गते प्रदेश प्रमुख मोहनराज मल्ले चालु आर्थिक वर्षको बजेट कस्तो आउदैछ भन्ने विषयमा ससदमा नीति तथा कार्यक्रम घोषणा गर्ने सचिव श्रेष्ठले बताए । प्रदेश प्रमुखले घोषणा गरेको नीति तथा कार्यक्रम मन्त्री परिषदबाट पास गराउने र सकेसम्म चैत्र २५ गते नै अर्थमन्त्री झपट बोहराले ससदमा बजेट भाषण गर्नेगरि बजेट तयार पार्ने कार्य भईरहेको.सचिव श्रेष्ठले जानकारी दिए ।

बजेटमा समावेश हुने कार्यक्रमको तर्जूमा, छनौट र लक्ष्य सहित मन्त्रालयले दिएको सिलिङ अनुसार बजेट तय गरिने छ । बजेटमा गरिवि निवारण गर्ने, कृषिमा आत्म निर्भर बनाउने, शिक्षा, स्वाथ्य, यातायात लगायतका विषय बस्तु समेटिन सक्ने बताएको छ ।