मुख्यमन्त्रीलाई अपाङ्गता भएका ब्यक्तीको ज्ञापन पत्र

कैलाली, ४ चैत । अपाङ्गता भएका ब्यक्तिहरुले पनि सपाङ्ग सरह जिवन यापन गर्न पाउँनु पर्ने माग राख्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश सातको कार्यलयले मुख्य मन्त्री त्रिलोचन भट्टलाई २१ बुदे ज्ञापन पत्र वुझाएको छ ।

ज्ञापन पत्रमा स्थानिय तहबाट अपाङ्गता परिचयपत्रको डिजिटल वितरण हुनुपर्न, निशुल्क शिक्षा, स्वास्थ्य उपचार, सवारीमा ५० प्रतिशत छुट, दुई छाक खान पुग्ने गरी सामाजिक सुरक्षा भत्ता, प्रदेशमा अपाङ्गता पुर्नस्थापना केन्द्र हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै प्रदेशका सवै कार्यालय अपाङ्गमन्त्री हुनपर्न, पत्यके कार्यालयमा अपाङ्गता सुचना केन्द्र र दोभाषेको ब्यवस्था हुनुपर्न लगायतका माग राखिएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश सातको कार्यलयले वुझाएको ज्ञापन पत्र वुझदै मुख्य मन्त्री त्रिलोचन भट्टले अपाङ्गता भएका ब्यक्तीहरुको मागप्रति सकारात्म रहेको बताए । उनले प्रदेशमा अहिले कानुन निर्माण भईरहेका अवस्थामा अपाङ्गता भएका ब्यक्तिीको हक अधिकारलाई समेट्ने गरी कानुन निर्माण गरिने बताए ।

मुख्यमन्त्री त्रिलोचना भट्टलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश सातका अध्यक्ष भिम बहादुर शाहले ज्ञापनपत्र वुझाएका थिए । मुख्य मन्त्रीले मागका बारेमा सकारात्मक जवाफ दिएका कारण आफुहले राखेका माग पुराहुने आशा पहाएको अध्यक्ष शाहले बताए ।