सेती अञ्चल अस्पतालको अनुगमन, डिउटीकै समयमा डाक्टर नीजि मेडिकलतिर
कैलाली, ४ चैत । सेती अञ्चल अस्पतालका चिकित्सकहरु डिउटिको समयमा समेत नीजि मेडिकलमा जाने गरेको गुनासो पछि आईतबार अस्पतालको अनुगमन गरिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले अस्पताल विकाश समितिका अध्यक्ष रिता भण्डारी बमलाई लिएर सेती अञ्चल अस्पतालको अनुगमन गरेका हुन्।
अध्यक्ष थापासंग विरामी, कुरुवाले मात्रै हैन, स्वयम अस्पताल विकाश समितिका अध्यक्ष भण्डारीले पनि चिकित्सकहरुले डिउटीको समयमा पनि नीजि मेडिकलमा काम गर्ने गरेको बताइन् ।
अध्यक्ष थापाले अस्पताल विकाश समितिका अध्यक्ष भण्डारीलाई काम चोर अथवा डिउटीको समयमा नीजि मेडिकलमा काम गर्ने चिकित्सकको बारेमा अनुगमन गरि सो तथ्याङक आफुलाई बुझाउन आग्रह गरे ।
थापाले फूर्सदको बेलामा मात्रै अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाही गर्नुका साथै राम्रो कामगर्नेलाई पुरुस्कृत गरिने बताए ।
अस्पताल अनुगमनको क्रममा अस्पतालका कर्मचारी, चिकित्सकले काममा लापरवाही गर्ने गरेको पाईएको छ । सात नम्बर प्रदेशको राजधानी धनगढीमा रहेको सेती अञ्चल अस्पताललाई नमुना बनाउन प्रदेश सरकार र केन्द्र सरकारलाई आग्रह गर्ने जिल्ला समन्वय समितिका प्रमुख थापाको भनाई छ ।
अस्पताल विकाश समितिले पनि अस्पतालमा चिकित्सक नभेटिने गरेको, डिउटिको समयमा चिकित्सकहरु नीजि मेडिकलमा जाने गरेको विरामी तथा कुरुवाबाट लामो समयदेखि गुनासो आईरहेको जनाएको छ । उक्त समस्या समाधानका लागि पहल गर्दै आएपनि समाधान हुन नसकेको भन्दै अव डिउटीको समयमा नीजि मेडिकलमा जाने चिकित्सकको बारेमा बुझेर कारवाही गर्ने जनाएको छ । अस्पताल विकाश समितिका अध्यक्ष रिता भण्डारी बलमे अस्पताल सुधारका लागी एक्लैको प्रयासले सम्भब नहुने भएका कारण सवैले सहयोग गनुपर्ने बताइन् ।
अस्पताल सुधारका लागी भौतिक संरचना तथा जनशक्ति थप गरिदिनका लागि प्रशासनले सवै लाई आग्रह गरिरहेको छ । तर भएको स्रोत साधनको सहि सदुपयोग गर्न तर्फ विकास समितीको ध्यान जान सकेको छैन् । त्यसैले अस्पतालमा अपलब्ध स्रोत साधनको प्रयोग गरी प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न जरुरी छ ।













