रविन्द्रको ‘मनको कुरा’

कैलाली, २ चैत । कैलालीको धनगढीबासी रविन्द्र सामुएल मनको कुरा’ लिएर आएका छन् । उनले स्रोता दर्शकमाझ ‘मनको कुरा’ लिएर आएका हुन् ।  उनी लामो समय डेनमार्क बसेका थिए । डेनमार्कबाट नेपाल फर्के लगत्तै उनको गीत आएको हो । गीत युटुब मार्फत सार्वजनिक गरिएको हो ।

जितेन लेप्चाको शब्द तथा सङ्गीतमा रहेको गीतमा फनेन्द्र राईको एरेन्ज रहेको छ । गीतको भिडियोमा कृष्टिना थापा र धर्म घिमिरेलाई फिचरिङ गरिएको छ ।

यसलाई दिनेश पराजुलिले खिचेका हुने भने मिलन शंकरले निर्देशन गरेका छन् । ‘स्रोता दर्शकमाझ मेरो गीत लिएर आएको छु मन पराइदिनुहुनेछ भन्ने आशावादी छु’, रबिन्द्र सामुएलले भने ।