विबाह गर्न नमानेपछि उम्लिरहेको घ्यू आँखामा फालेर कुटपिट

कञ्चनपुर, ३० फागुन । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ ।

आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेको बताइएको छ । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् ।

सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ ।

सोनीमाथि कुटपिट गर्ने राकेश फरार हरेको महेन्द्रनगर जिल्ला प्रहरी प्रमुख (एसपि) दिल्लीराज विष्टले मुक्तिक डगरलाई जानकारी दिए ।

केटा विबाहित भएको र केटी आफन्त आफन्त पनि पर्ने भएकोले केटीको आमाले छोरी दिन नमानेपछि यस्तो घटना भएको एसपि विष्टले जानकारी दिए ।

उनले फरार भएको राकेशको खोजतलासी भईरहेको जानकारी दिए ।