नदीमा डुवेर मृत्यू भएका कैलाली गाउँका दुइ वालकका परिवारलाइ डा. आरजुको पहलमा १० लाख प्रदान
कैलाली,२५ फागुन– धनगढी उपमहानगरपालीका वडा नम्वर– १३ कैलाली गाउमा गत मंसिर ९ गते नदीमा डुवेर मृत्यू भएका दुइ वालकका परिवारलाई डा. आरजु राणा देउवा राणाको पहलमा शुक्रवार १० लाख रुपैया हस्तान्तरण गरीएको छ ।
कैलाली गाउँका स्थानीय जोगराज रानाका ३ वर्षिय छोरी केशवी राना र लक्ष्मीन रानाका ३ वर्षिय छोरा अमित रानालार्इ डा. आरजुले पिडितको घरमै पुगेर जनही पाच पाच लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
गत प्रतिनिधि सभा निर्वाचनको अघिल्लो दिन दुवै वच्चाको नजिकैको नालामा डुवेर मृत्यू भएको खवर पछि आरजु पिडितको घरमा पुगेर सहयोग गर्ने वताए। पिडित परिवारलार्इ केही राहत मिलोस भनेर आफुले राहत रकम प्रदान गरेको डा. आरजुले वताइन् ।
धनगढी उपमहानगरपालीका १३ का वार्ड अध्यक्ष विजयराज जोशीको अगुवाइमा भएको कार्यक्रममा उक्त रकम हस्तान्तरण गरीएको थियो । ठुलो संख्यामा उपस्थित स्थानीय वासिन्दाले चुनाव हारेर पनि वाचा पुरा गरेको भन्दै आरजुको प्रशंसा गरेका थिए । चेक वुझ्ने क्रममा पिडित परिवारले भक्कानो छोडेर रुदै आरजुलाइ धन्यवाद दिएका थिए ।













