पत्रकार मायालाई सहयोग
काठमाडौं, २५ फागुन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले झापाकी क्रियाशील पत्रकार माया पकवाललाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
दुवै मृगौलाले काम नगर्ने भएपछि मृगौला प्रत्यारोपणका लागि हाल भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी पकवाललाई डब्लुडब्लुजेकी अध्यक्ष अमिका राजथलाले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
डब्लुडब्लुजेकी झापा जिल्ला अध्यक्ष समेत रहेकी पकवाललाई उनकै जेठाजुले मृगौला दिने भएका छन् । उनको सल्यक्रिया यही आइतबार हुने भएको छ ।













