बेक्सी भन्दै किशोरीलाई निर्घत कुटपिट गर्ने राम बहादुर ‘भोले बा बा’ प्रक्राउ

धनगढी, २५ फागुन । बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट, लछारपाछर र गाली बेजती गर्ने राम बहादुर चौधरी ‘भोले बा बा’ लाई प्रहरीले पक्राउ गरेको छ ।

देश भरि १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीलाई बोक्सीको आरोपमा चौधरी लगायतका केही व्याक्तिले निर्घात कुटपिट गरेका थिए । किशोरीलाई विहान ७ बजेदेखि दिउसो १२ बजेसम्म लगातार कुटपिट गरिएको थियो तर गाउँलेहरु रमिते बनेका थिए ।

उनी कैलालीको घोडाघोडी नगरपालिकाकी अन्दाजी १८ वर्षीय चौधरी थरकी किशोरी हुन् । कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार पछि थप उपचारकोलागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेपछि कैलालीका थारु पत्रकार, राष्ट्रिय मानव अधिकार आयोग, ईन्सेक, ओरेक नेपाल लगायत संघ संस्थाको पहलमा पीडकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेको अनुसार पीडित किशोरीका आफ्न्तले चौधरीमाथि सार्वजनिक अपराधमा उजुरी दिएको बताए । उनले भोली शनिबार भएकोले आईतबार मात्रै त्यो मुद्धा दर्ता गर्ने बताउदै पीडक चौधरी माथि अनुसन्धान गरि कानुनी कार्बही अगाडी बढाउने बताए ।