रेशम चौधरीलाई प्रमाण पत्र दिनुको विकल्प छैनः प्रदेश प्रमुख

कैलाली, २५ फागुन । प्रदेश नं. ७ का प्रदेश प्रमुख मोहनराज मल्लले रेशम चौधरीलाई प्रमाण पत्र दिनुको विकल्प नरहेको बताएका छन् ।
आज विहान थारु अगुवासंग सम्बाद गर्दै प्रदेश प्रमुख मल्लले सो कुरा बताएका हुन् ।

उनले संविधानलाई तेकेर आफुले पाएको अधिकार भित्रको कुनै काम बाँकी नराख्ने बताए । उनले कैलाली कारागार भित्रै अनशन बसेका थुनुवाहरु मागलाई राज्यले सम्बोधन गर्नेपर्ने तर्क दिए ।

‘टीकापुर घटना घट्यो दुखःद हो तर समस्या अल्झाउनु भन्दा पनि सुल्झाउनु पर्छ ।’ ‘नेपालमा ठूलै अपराध गर्नेहरु अहिले देश हाकीरहेका छन् त्यसैले सद्भावक खल्बलिने काम राज्यले गर्नु हुदैन ।’ प्रमुखले भने ।

थारु अगुवाहरुले यहि फागुन २० गतेदेखि कैलाली कारागार भित्र आमरण अनशन बसेका रेशम चौधरी लगायत २४ जनाको जीवन रक्षाको माग गर्दै थारु अगुवाहरुले प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

६ दिनदेखि आमरणअनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था दिन प्रतिदिन विग्रिदै गएपछि उहाँहरुको जीवन रक्षाकोलागि ज्ञपन पत्र बुझाएको हो ।