रेशम चौधरी इर्मजेन्सी कक्षमा
कैलाली, २५ फागुन । यहि फागुन २० गतेदेखि कैलाली कारागार भित्र आमरण अनशन बसेका रेशम चौधरीको स्वास्थ्य अवस्था नाजुक भएपछि सेती अञ्चलन अस्पताल धनगढीको इर्मेजेन्सी कक्षमा भर्ना भएका छन् ।
६ दिनदेखि आमरणअनशनमा बसेका चौधरीको प्रेसर कम भएर बेहोस भएपछि उहाँलाई अकास्मिक कक्षमा भर्ना गरिएको हो । उहाँलाई अकास्मिक कक्षको बेद नं. २ मा राखेर उपचार भईरहेको छ ।

उहाँको चेकजाँचमा संलग्न अहेबा सुरेशरमण पुरीले चौधरी ६ दिनदेखि भोकै भएकोले प्रसेर कम भएको जानकारी दिए ।
अनशनमा बसेका विसराम चौधरीको अवस्था नाजुक भएपछि उहाँलाईपनि अस्पातल भर्ना गरेको छ । विसरामकोपनि प्रेसर कम भएर ग्यास्टिक भएर वान्ता आउने गरेपछि अस्पताल भर्ना गरिएको कैलाली कारागारका साहयक जेलर भक्त बहादुर विष्टले बताए ।
त्यसैगरि अनशनमा रहेका नेता लक्ष्मण थारु अरु जनाकोपनि स्वास्थ्य अवस्था बिग्रेर हिडडुल गर्न नसकेको बताएका छन् ।
फागुन २० गतेदेखि तीन बुँदे माग राख्दै आमरण अनशनमा रहेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हालसम्म उनीहरूको बारेमा बोलेको छैन ।













