एडीबीको आयोजना शुभारम्भ
कैलाली २४ फागुन । धनगढी लाई सुविधा सम्पन्न र विकशित शहरको रुपमा विकाश गर्न ५ वर्षमा करिव सवा ३ अर्व रुपैया भन्दा बढी खर्च गरिने क्षेत्रीय शहरी विकाश आयोजना कार्यान्वय ईकाई आयोजनाको शुभारम्भ गरिएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को संयुक्त लगानी रहेको क्षेत्रीय शहरी विकाश आयोजना कार्यान्वयन ईकाई आयोजनाको आज धनगढीमा एक समारोहको आयोजना गरि शुभारम्भ गरिएको छ । ३ अर्व रुपैया भन्दा बढी खर्च गरिने क्षेत्रीय शहरी विकाश आयोजना अन्तर्गत उपमहानगरपालिकामा सडक तथा ड्रेन, फोहोरमैला व्यवस्थापन, फोहोरपानी व्यवस्थापन, ढल निकाश लगायतका कार्य गरिने छन ।
आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने पूर्वाधार निर्माणमा कुनै समस्या नदेखिएकाले अर्को आर्थिक वर्षदेखि काम सुरु गरिने आयोजाले दावी गरेको छ । आयोजनाले धनगढीको उपमहानगरपालिकामा सडक तथा ड्रेन, ढल, फोहोरमैला व्यवस्थापन, फोहोरपानी व्यवस्थापन लगायतका क्षेत्रमा ५ वर्ष काम गर्ने छ र ३ अर्व १९ करोड रुपैया खर्च गर्नेछ ।
जस अनुसार आयोजनाले धनगढी उपमहानगरपालिकाका साविक वडा नम्बर १, २, ३, ४, ५, ६, ८, १०, १२ र १३ मा १ अर्व २६ करोडको लागतमा ३४ किलोमिटर सडक निर्माण गर्नेछ भने साविक वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ मा ४५ करोडको लागतमा फोहोर पानी व्यवस्थापन गरिने छ । त्यस्तै, एकिकृत फोहोरमैला व्यवस्थापनका लागि ५७ करोड रुपैयामा डम्पिङ साईट निर्माण गरिने एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालिते क्षेत्रीय शहरी विकाश आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए ।
आयोजनाले निर्माणको कार्य मात्रै गर्ने भएकाले पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने सरचना भत्काउने कार्य जतिसक्दो चाडो उपमहानगरपालिकाल गर्न सक्यो त्यति चाडो कार्य सुरु गर्ने बताउदै आएको छ ।
अहिले धनगढीमा पनि फोहोरमैला व्यवस्थापन केन्द्र र सडकको सर्वे कार्य सम्पन्न भइसेकेको जनाईएको छ । आयोजना सञ्चालनमा कुनै अवरोध हुने नदेखिएमा छिट्टै टेण्डर पक्रियामा गएर आउदो आर्थिक वर्ष २०७५÷०७६ देखि निर्माणको कार्य थालनी गर्ने तयारी रहेको क्षेत्रीय शहरी विकाश आयोजनाका निर्देशक कण्ठले बताए ।
आयोजनाले निर्माणका क्रममा कुनै विवाद आएमा फिर्ता हुने चेतावनीपछि धनगढी उपमहानगरपालिकाले पनि उक्त आयोजना सफल पार्नका लागि सवैलाई सहयोग गर्न आग्रह गरेको नगर प्रमुख नृप बहादुर वडले बताए ।
वडा नम्बर २ मा फोहोर मैला व्यवस्थापन केन्द्र (डम्पिङ साईट) निर्माण गर्ने निश्चित भईसकेको र निर्माण हुने ३४ मिटर सडकमध्ये ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्म मात्रै सडक विस्तार गर्न केही समस्या हुने देखिएको छ । ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्मका ७० प्रतिशत घरधनी सडक विस्तार गर्नुपर्ने पक्षमा देखिएकाले धनगढीको विकाशका लागि अन्यलाई पनि सहयोग गर्न नगर प्रमुख वडले सवै लाई आग्रह गरे ।
ढल निकाशको उचित व्यवस्थापन हुन नसक्दा वर्षेनि धनगढीमा उपमहानगरपालिका सवैजसो वडाहरु लगायत मुख्य बजार नै डुवानमा पर्ने गरेको छ भने सडक साघुरो हुदा ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्म ट्राफिक व्यवस्थापन चुनौति बन्दै गएको छ ।
उक्त आयोजना सफलता पूर्वक सम्पन भएमा धनगढीको कायापलट हुने दावी पनि गरिएको छ । उक्त आयोजना अन्तर्गत ७ नम्बर प्रदेशको भीमदत्त नगरपालिकामा तिन अर्ब, गोदावरीमा एक अर्ब १९ करोड र शुक्लाफाँटा नगरपालिकामा ९७ करोड रुपैया विभिन्न विकास निर्माण कार्यमा खर्च हँुदैछ ।













