१०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो फोटो फिचर

कैलाली, २४ फागुन । आज १ सय ८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस धनगढीमा पनि भव्यरुपले मानाएको छ ।

‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूलनाराका साथ यो श्रमिक महिला दिवस मनाइएको हो ।

दिवसको अवसरमा धनगढीको ट्राफिक चौकदेखि बाजागाज सहितको र्याली निकाली धनगढी उप महानगरपालिकाको प्राङ्गगनमा कोण सभा गरिएको थियो ।

कैलालीको विभिन्न गरकारी तथा गैरसरकारी संघ संस्थाको संयुक्त आयोजनामा दिवस बनाइएको थियो । र्यालीमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्थापन तथा कृषी मन्त्री बिनिता चौधरी, सामाजिक विकास मन्त्री दिर्घ सोडारी लगायत महिला अधिकारकर्मीको ठूलो उपस्थिति रहेको थियो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

नेपालमा विसं २०१७ सालमा प्रथम पटक श्रमिक महिला दिवस मनाइएको थियो भने वि.स. २०४६ को बहुदलिय व्यवस्था पछि विभिन्न पार्टीका जनवर्गीय संगठन, सरकारी तथा गैर सरकारी निकायहरुले नियमित यो दिवस मनाउदै आइरहेका छन् ।