विश्वकप क्रिकेट छनोट स् स्कटल्याण्डविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं, २४ फागुन आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ शुरु गरेको छ ।

कप्तान पारस खड्काले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

जिम्बाब्वेसँग भएको पहिलो खेल हारेको नेपाललाई सुपरसिक्सको सहज यात्रा तय गर्ने सम्भावना बाँकी राख्न आजको खेल जित्नुपर्ने दबाब छ ।

स्कटल्याण्डले भने यसअघिका दुवै खेल जितेको छ । उसले अफगानिस्तान र हङकङलाई हराएको हो ।