टीकापुर घटनामा आरोपित थुनुवाहरुको रिहाइको माग गर्दै युवाहरूद्वारा मसाल जुलुस

तुलसीपु, २४ फागुन । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार लगाएत ४ गाउँका युवाहरूको समूहले रेशम चौधरी लवगायत टीकापुर घटनामा आरोपित थुनुवाहरुको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन्।

बेलगनारको मिलन चौकबाट सुरु भएको मसाल र्‍यालीले वडा नं. ११ का गाउँ परिक्रमा गरि पुनः मिलन चौकमा कोणसभा परिणत भएको थियो। कोणसभामा जनक चौधरी, लोकमणी चौधरी, सुशील चौधरी लगायतकाले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा रेशम चौधरी लगायत २६ जना थुनुवाहरुलाई ससम्मान रिहा एवम् सांसदको प्रमाणपत्र र सपथ ग्रहण नदिए कडा रूपमा अगाडी बढ्ने चेतावनी दिएका थिए । कार्यक्रमको सहजीकरण महेश चौधरीले गरेका थिए।