मर्न तयार छौं अनसन तोड्दैनौंः राजबन्दी, रेशम र लक्ष्मणको स्वास्थ्य अवस्था बिग्रँदै
कैलाली, २२ फागुन । २० गतेदेखि आमरण अनशनमा बसेका रेशम चौधरी र लक्ष्मण थारुको स्वास्थ्य अबस्था बिग्रँदै गइरहेको छ ।
प्रतिनीधि सभाका सांसदका रुपमा ऐतिहासिक जीत हासिल गरेका टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई निर्बाचन आयोगले प्रमाण पत्र दिनमा र जिल्ला अदालत कैलालीले शपथ खुवाउनका लागि कुनै पहल नगरेपछि रेशम चौधरी लगायतका जेलमा रहेका २४ राजनीतिक बन्दीहरु आमरण अनशनमा बसेका छन् ।
२२ गते पुग्दासम्म धेरै अनशनकारीहरुको प्रेसर निकै कम भैसकेको छ । कुराको सुनुवाई नभएसम्म आमरण अनशन जारी राख्ने नेता (रेशम, लक्ष्मण र लाहु) ले थारु नागरिक समाज कैलालीलाई जानकारी गराए । अहिलेसम्म सम्बन्धित निकायले अनशनकारीहरुलाई भेटेको छैन ।
अाफूहरुकाे अनसनमाबारे राज्यले कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ । अहिलेसम्म कुनै पनि निकायले अाफूहरुको अनसनबारे जानकारी समेत नलिएको रेशम चौधरीले जानकारी दिए ।
”अनसन बसेको तीन दिन वितिसक्दा समेत कैलाली जिल्लाको कुनै पनि निकाय कारागारसम्म आएको छैन । यहाँका सिडिओ, डिएसपीले कारागारसम्म आएर अनुगन गरिदिए आफ्नो माग राख्थ्यो तर कोही आएका छैनन्” अनसन स्थलबाटै चौधरीले भने । मुक्तिक डगरसँगको कुराकानीमा चौधरीले भने, ”राज्यको रवैया कारागार भित्रैबाट हेरिरहेका छौं, सवाल रेशमको मात्र होईन ।
म त केवल चेसको गोट्टी हुँ । सवाल त समग्र थारु समुदायको हो ।” अाफूहरु कारागार भित्रबाटै आन्दोलनको शुरुवात गरिसकेका भन्दै बाहिरको शक्तिपनि तयारी अवस्थामा रहेको बताउँदै चौधरीले राज्यको थारु विरोधी रवैया धेरै दिन नटिक्ने चेतावनी समेत दिए ।
कारागारमै कैदी जीवन विताईरहेका अर्का बन्दी लक्ष्मण थारुले ७२ घण्टा आमरण अनसन बस्दा पनि राज्यले सुनुवाइ नगर्नु भनेको थारु विरोधी भएको पुष्टी भएको बताए । उनले भने, ”राज्यको रवैया थारु विरोधी छ भन्ने कुरा प्रष्टै देखियो ।
हामी मर्न तयार छौं तर अनसन तोड्दैनौं ।” राज्यले अाफूहरुका मागप्रति मौन रहेको बताउँदै थारुले भने, ”थारुको मुद्धाप्रति यसैगरी बेवास्ता गरे सद्भाव खल्बलिन कुनै समय लाग्दैन ।”













