प्रदेश सरकार र स्थानीय सरकारले मिलेर प्रदेश नं. ७ को सामस्या समाधान गर्ने प्रतिवद्धता

धनगढी उपमहनगरपालिका मेयर उपमेयरले प्रदेश प्रमुख मोहनराज मल्ल र मुख्य मन्त्री त्रिलोचन भट्टसंग यस क्षेत्रमा देखिएका समसामहिक विषय वस्तुका बारेमा आज छलफल गरेका छन् ।

प्रदेश सातको राजधानी धनगढी भएसंगै धनगढीमा देखिको ट्राफिक व्यवस्थापनको समस्या, पाकिङक समस्या, सेती अञ्चल अस्पतालको अवस्था अन्य विषयमा छलफल भएको नगर प्रमुख नृप बहादुर वडले बताए ।

पछिल्लो समय प्रदेशको राजधानी धनगढी भएसंगै ट्राफिक व्यवस्थापन सवै भन्दा बढी समस्याका रुपमा देखिको छ । यसको समाधानका लागी प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गनुपर्ने नगर प्रमुख वडको भनाई छ ।

धनगढी उपमाहनगरपालिका लागु भएको संघन शहरी विकास कार्यक्रम तथा एडीभी कार्यक्रम लार्ई सफल रुपमा सम्पन्न गर्ने बारेमा समेत प्रदेश प्रमुख मल्ल र मुख्य मन्त्री भट्टसंग छलफल भएको नगर प्रमुख वडले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका लाई स्मार्ट सिटी बनाउन प्रदेश सरकारले समेत सहयोग गर्न जनाएको छ । त्यो संगै धनगढी उपमहानगरपालिकामा लागु भएका अन्य सवै योजना लाई सहयोग गर्न प्रतिब्धता मुख्य मन्त्री भट्टले जनाएको नगर प्रमुख वडले बताए ।

प्रदेश प्रमुख, मुख्य मन्त्री, मेयर उपमेर संगको छलफल कार्यक्रममा यातायत क्षेत्रका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।