रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै थारु समुदायद्धारा प्रधानमन्त्रीलाई ज्ञापन
कैलाली, १७ फागुन । रेशम चौधरीलाई प्रमाण पत्र दिनु पर्ने माग गर्दै थारु समुदायद्धारा बिहीबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फात प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
थरुहट आन्दोलनको क्रममा टीकापुरमा भएको थारु विद्रोहको अढाई वर्ष पुगि सक्दापनि राज्य राजनीतिक दलले थारु समुदायको माग र मुद्धा प्रति व्यावास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्थानीय, प्रदेश र प्रतिनीधि सभाको चुनाब सम्पन्न भई प्रदेश सरकार गठन भई सक्दा समेत राज्य तथा सरकारको थारु समुदायप्रतिको शासन शैली बोली ब्यवहारमा र सोचमा कुनै परिवर्तन नभएको अकिंत गरिएको छ ।
देशमै एतिहासिक जित हाँसिल गरेका रेशम चौधरीलाई वारिसनामा मार्फत प्रमाण पत्र समेत नदिर अन्याय गरेको विज्ञप्तिमा लेखिएको छ ।
टीकापुर घटनाका आरोपितहरु अढाई वर्ष सम्म कैलाली कारागारमा थुनेर राख्ने, अर्को तिर २०७२ भदौं ८ गते थारुको घर छानी छानी जलाउने तोडफोड गर्नेहरु राज्यद्धारा नै संरक्षित गर्ने काम भईरहेकोमा भर्सना गरेको छ ।
ज्ञपान पत्रमा रेशम चौधरीलाई तत्काल प्रमाण पत्र दिने र समयमै शपथ ग्रहणको वातावरण सिर्जना गरियोस साथै कारागारमा २६ जना निर्दोष बन्दी लक्ष्मण थारु, लाहुराम चौधरी, राम प्रसाद चौधरी, प्रेम चौधरी, विश्राम चौधरी, वीर बहादुर चौधरी, जित बहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दर कठरिया, हरि नरायण चौधरी, राजकुमार चौधरी, राजेश चौधरी, प्रदीप चौधरी, वृजमहोन चौधरी लगायत फरार आन्दोलनकारीहरुलाई अविलम्ब झुठा मुद्धा फिर्ता गरी रिहाको माग गरिएको छ ।

विज्ञप्तीमा २०७२ साल भादौ ७ गते अघि भएको ४ गते तोरैयापुरको घटना र ८ गते राज्यको प्रत्यक्ष सहभागिता र संरक्षणमा घर, पसल, व्यवसायमा आगजनी, लुटपात गर्ने नवराज रावल, कमला केसी, महेन्द्र भण्डारी, रामु भण्डारी, संजय विष्ट, योगेन्द्र बम, चन्द्र भुषण स्वाँर र तत्कालिन इलाका प्रशासन प्रमुख सुमन धिताल लगायतलाई कानुनी कारवाहीको माग समेत गरिएको ।
विज्ञप्तीमा थरुहट थारुवान संघर्ष समिति कैलाली, टीकपुर राजबन्दी परिवार संघर्ष समिति, थारु कल्याणकारिणी सभा कैलाली, थारु नागरिक समाज कैलाली, अदीवासी जनजाती महांसंघ जिल्ला समन्वय परिषद कैलालीले हस्ताक्षर गरेको छ ।













