३५ ग्राम लागु औषध सहित २ जना पक्राउ
कैलाली, १५ फागुन । लागु औषध ब्राउन सुगर सहित दुई जना भातिय नागरिकलाई मंगलबार क्षेत्रिय अनुसन्धामा खटिएको आर आई टी को टोलिले धनगढी उपमहानगर पालिका वडा नम्बर ४ स्थित शिवपुरी धाम परिषदबाट पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा आर आई टीको समुहले ३५ ग्राम लागु औषध ब्राउन सुगर सहित २ जना लाई आज दिउँसो २ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिनपुर खिरीका ३० बर्षिय सागर चौधरी र सोही ठाउँका ३५ बर्षिय धर्म सिंह राना रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरुले भारतबाट ब्राउन सुगर ल्याई नेपालका विभिन्न शहरमा बेच्दै आएको पारम्भिक अनुसन्धानमा खुलेको टोलीका प्रमुख तथा प्रहरी साहयक निरिक्षक केशव जोशीले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा वुझाईएको उनले जानकारी दिए । पछिल्लो समय प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट विभिन्न किसिमका लागु औषध प्रयोग कर्ता र बेचविखन गर्नेहरुलाई पक्राउ गर्ने क्रम बढ्दै गएको छ ।













