टीकापुरमा बल्र्डलिंक कम्यूनिकेशनको शाखा स्थापना

टीकापुर १४ फागुन । बल्र्डलिंक कम्यूनिकेशन, प्रा.लि कैलालीले टीकापुरमा पनि नयाँ प्रविधिको उच्चतम प्रयोगका लागि FTTH (FIBE TO THE HOME) सेवा थप गरि नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

विश्वलाई एउटा सागुरो घेरा भित्र राख्न सफल सूचना प्रविधीमा आधारित विविध क्रियाकलापले देश विकासका क्षेत्रमा मात्र नभई त्यसमा संलग्न व्यक्तिहरुको व्यक्तित्व र सामाजिक उतरदायित्व वहन गर्न बल्र्डलिंकको इन्टरनेट सेवाको महत्वपुर्ण भूमिकारहेको बल्र्डलिंक कम्यूनिकेशनको भनाई छ ।

टीकापुरमा सूचना प्रविधि क्षेत्रमा प्रबिधिको माध्यमले काम गर्ने व्यवसायीहरु, अध्ययन अनुसन्धानमा लागेका बिद्यार्थीहरु यस क्षेत्रका कम्प्यूटर तालीम संचालन गर्ने संस्थाहरु लगायतलाई नयाँ प्रविधिहरुको सेवा प्रदान गर्न कार्यालय स्थापना गरेको बल्र्डलिंक कम्यूनिकेशन, प्रा.लिका क्षेत्रिय प्रवन्धक कर्ण राज पनेरुले जानकारी दिए ।

उनले बिगत लामो समयदेखि टीकापुरमा सम्पर्क कार्यालय संचालन गरि इन्टरनेट सेवा संचालन गरेको जानकारी आजदेखि अप्टिकल फाईवर सेवा प्रदान गरेको बताए ।

उनले FIBER TO THE HOME भनेको उच्च गतिको इन्टरनेट सेवा रहेको बताए । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतीको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले आवाज डाटा, भिडियो फाइलहरु सजिलैसंग डाउनलोड गर्न अथवा अपलोड गर्न सकिने वानकारी दिए ।

आवश्यकता अनुसारको डाटाको गतिमा यो सेवा सुविधा प्रधान गर्न तथा प्रयोगगर्न सकिने प्रबन्धक पनेरुको भनाई थियो ।