रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

कैलाली १४ फागुन। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।

टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू हाजिर भएका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो ।

अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए ।