दिनेश खबर डट कमको शुरु
कैलाली, १४ फागुन । दिनेश एफएमबाट सञ्चाालित दिनेश खबर डट कम अनलाईन सोमबारबाट औपचारिकरुपले शुरु भएको छ ।
प्रदेश नं. ७ का प्रदेश प्रमुख मोहनराज मल्लले कम्प्यूटरको बटन अन गरेर अनलाईनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले सकारात्मक सोचले अगाडी बढेपछि आफै विकास हुने बताए ।

प्रदेश प्रमुख मल्लले भने ‘हामी राजनीतिक, चुनाब धेरै गरिसक्यो अब सर्वङ्गिन विकासमा लाग्नु पर्छ ।’
उद्घाटन क्रममा सहभागिहरुले सोमबारदेखि शुरु भएको दिनेश खबर र दिनेश एफएमलाई दिएको सुझाबलाई आत्मासाथ गरि अगाडी बढे प्रदेश अनलाईन नंं ७ प्रति समर्पित हुने प्रदेश प्रमुले मल्लले बताए ।
अनलाईन मिडियाको विकाससंगै विश्वासनियताको अभाव रहेका बताउदै सामाजमा रहेको कुरिति अन्धविश्वास हटाउन यहाँका मिडियाहरुले सकारात्मक सोच राख्नु पर्ने उनको भनाई थियो ।
त्यसै गरि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल घटना परक सामाचार मात्रै आउने गरेकोले खोजमुलक प्रत्रकारिता आवश्यक रहेको बताए ।

उनले अनलाईन मिडिया नगन्यरुपमा सञ्चालन भएको पनि अपडेटको अभाव रहेकोले पाठक र आम समुदायको मन जित्न नसकेको बताए । प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय सामाचार र राष्ट्रिय सामाचारले सन्तुलन गरेर प्रकाशन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कैलाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. पदमराज जोशी अधिवक्ता, डा. जानकी तुलाधर, महिला अधिकारकर्मी चित्रा पनेरुलागायत प्रदेश नंं ७ का समास्याहरुलाई समेतेर अघि बढ्ना सुझाब दिएका थिए ।
दिनेश खबर अनलाईनका डिजाईनर सुरेश यादबले अनलाईन भित्र समेतिएको विषय बस्तुबारे जानकारी गराएका थिए ।
अनलाईनका सामाचार प्रमुख शिवराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए भने अनलाईनका प्रबन्ध निदेशक गोपाल हमालले अनलाईन सञ्चालनको उद्देश्यबारे प्रकाश पारेका थिए ।













