इच्छा विपरीत लोला हान्नेलाई कारबाही
धनगढी,१४ फागुन । होली पर्वमा जबरजस्ती रंग, अबिर डल्ने र इच्छाविपरित लोला हान्नेलाई कार्वाही हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीद्धारा हस्ताक्षेरित सोमबार प्रकाशित प्रेस विज्ञप्तीम सो कुरा उल्लेख भएको छ ।
यहि फागुन १७ र १८ गतेको होली पर्वलाई मर्यादित तरिकाले मनाउने विज्ञप्ती मार्फात आग्रह गरिएको छ ।
होली पर्वमा इच्छा विपरित लोला हान्ने, विच बाटोमा रोकेर रङ अबिर डल्ने, मादक पदार्थ सेवन गरि अभद्र व्यवहार गर्ने जस्तै अवच्छित क्रियाकलाप गरेको पाइएमा कार्वाही हुइने विज्ञप्तीमा लेखिएको छ ।













