सांसद रेशम चौधरीले गरे अदालतसामू हाजिर
धनगढी, १४ फागुन । टीकापुर घटनाका अभियुक्त ठहर्याका र कैलाली क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा निर्वाचित भएका रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीसामू हाजिर भएका छन् ।
उनी राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।
७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार ठहर्याका चौधरी प्रहरीको खोजीसुचिमा रहेका थिए । तर उनी भने आरोप अस्वीकार गर्दै आएका थिए ।













