पूर्वजनमुक्ति सेनाका कमाण्डर खाम सुकुम्बासीको उठिबास लगाउने कार्यमा, आन्दोलनमा सुकुम्बासी

धनगढी, १३ फागुन । कैलालीको हरैयाका सुकुम्बासी आन्दोलनमा उत्रेका छन् । फरार सूचीमा रहेका पूर्वजनमुक्ति सेनाका कमाण्डर कालिबहादुर खामले आफूहरुको उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी आन्दोलनमा उत्रेका हुन् ।

खामले माओवादी केन्द्रका स्थानीय नेताहरुसँग मिलेर हरैयामा रहेको सुकुम्बासी बस्तीको जग्गा किनबेच गर्न थालेको सूचना पाएपछि सुकुम्बासी आन्दोलनमा उत्रेका छन‍् । आफूहरुको उठिबास लगाउँदै माके नेता र खाम मिलेर उक्त जग्गा खरिद(बिक्री गर्न थालेको सुकुम्बासीले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको अगुवाईमा आइतबारबाट सुकुम्बासीहरु विरोध प्रदर्शनमा उत्रेका छन् । उनीहरुले सरकारले गाँस(बासको व्यस्था गर्न छोडेर माफियालाई साथ दिएकोले आफूहरु विरोध प्रदर्शनमा उत्रेको संघका कैलाली अध्यक्ष तपेन्द्र रसाइलीले बताए ।

विरोध प्रदर्शनमा नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य विनोद विष्टले भूमिहीन सुकुम्बासीको विचल्‍न बनाउने कार्यमा नलाग्‍न चेतावनी दिएका छन् । उनले देशभरका भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग माग समेत गरे । सुकुम्बासीको उठिबास लगाउने माफिया लागेको बताउँदै नेता विष्टले पार्टीले उक्त योजना सफल हुन नदिने बताए ।