निर्माण ब्यवसायीको ३० अरब भुक्तानी हुन बाँकी

सरकारबाट आव्हान भएका विभिन्न योजनाहरुको निर्माण कार्य समयमै सम्पन्न भएपनि अझै ३० अरब भन्दा बढी रकम विभिन्न सरकारी कार्यालयबाट भुक्तानी नभको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले बताएका छन् ।

निर्माण व्यवसायीका समस्याका बारेमा जानकारी दिन धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्माण निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले सो कुराको जानकारी दिए ।

उनले निर्माण ब्यवसायीले सडक विभाग, सिंचाई, सहरी विकास तथा भवन निर्माण विभाग लगायतका सरकारी कार्यालयबाट रकम भुक्तनी हुन बाकी रहेको बताए । प्रदेश नम्बर ७ मा मात्र सम्पन्न भएका योजनाको अझै ५ देिख ७ अरब रुपैया अझै भुक्तनी हुन सकेको छैन् ।

समयमै भुक्तनी नहुदाँ बैङकहरुमा तरताको अभाब हुनुका सनथै कर तिर्र्न समेत समस्या भएको अध्यक्ष श्रेष्ठले गुनासो गरे । उनले निर्माण ब्यवसाथी संघका माग नयाँ सरकार गठन भएको १५ दिन भित्र पुरा नभए देशभरीका सवै निर्माण कार्य बन्द गरिने चेतावनी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले पछिल्लो समय थुप्रै जनप्रतिनिधीहरु नै निर्माण व्यवसायी भएका कारण साना निर्माण व्यसायीलाई समस्या पैदा भएको बताए । उनले यसको रोकथामका लागी महासंघले तत्काल पहल गर्न बताए ।

हालै गठन भएका प्रदेश सरकारले निर्माण व्यवसायी मैत्री ऐन तथा नियमावली बनाउँन पनि निर्माण व्यवसायी महासंघले सवै प्रदेश सरकार संग आग्रह गरेको छ ।