भजनी नगरपालिकाको न्यायिक समितिमा २५ वटा उजुरी, १५ मेलमिलापबाट सामाधमन

भजनी नगरपालिकामा घरेलु हिंसा सम्बन्धी उजुरी परेन

कैलाली, १३ फागुन । स्थानीय तहमा गठित न्यायिक समितिमा धमाधम उजुरी दर्ता हुन थालेको छ ।

स्थानीय स्तरमा हुने वादविवाद, घरेलु हिंसा, जग्गा सम्बन्धी विवाद जस्ता देवानी प्रकृतिका मुद्धाहरु न्यायिक समितिले हेर्न थालेपछि उजुरी पर्न थालेको हो ।

कैलालीको भजनी नगरपालिकाको उपमेयर एंव न्यायिक समिति संयोजक छाया देवकोटा ले हालसम्म २५ वटा उजुरी दर्ताको भएको जानकारी दिइन् ।

जसमध्ये १० वटा जग्गा विवाद सम्बन्धी, ७ वटा आपसी लेनदेन, ५ वटा सिमाना विवाद, ३ वटा सम्बन्धन विच्छेद, ३ वटा चोरी सम्बन्धी मुद्धा दर्ता भएको बताइन् ।

त्यस्तै, १५ वटा मुद्धा मेलमिलापबाट फैसला भएको संयोजक देवकोटाले जानकारी दिइन् । ३ वटा झगडा ५ वटा सिमा विवाद, ४ वटा आपसी लेनदेन र २ वटा सम्बन्ध विच्छेद सम्बन्धी मुद्धाको फैसला भएको उनको भनाई छ ।

स्थानीय तहको निर्वाचन भएको ८ महिना पूरा भएको छ । तर वितेको आठ महिनामा २५ वटा मुद्धा पर्नु भएको एकदमै थोरै भएपनि कार्यसम्पादनको राम्रो सुरुवात भएको संयोजक देवकोटाले उल्लेख गरिन् । ग्रामीण भेगमा जनचेतनाको कमी, स्थानीय निकायबाट पनि न्यायिक निरुपपण सम्बन्धी कार्य हुन्छ, भन्ने कुराको जानकारी नहुनुले पनि कम दर्ता भएको बताउदै हाल सम्म घरेलु हिंसाको सम्बन्धी उजुरी पर्न नसकेको जानकारी दिईन् ।

उनले गाउँ घरका घरेलु हिंसाको मुद्धा व्यापक भएपनि त्यस्ता मुद्धा प्रत्यक्ष एनजिओमा जाने गरेका बताईन् ।

त्यस्तै, कतिपय गम्भिर प्रकृतिका मुद्धाहरु पनि आउने गरेको बताइएको छ । फौजदारी सम्बन्धी आउने गरेको उल्लेख गर्दै संयोजक देवकोटाले त्यस्ता मुद्धा अदालततिर पठाउने सल्लाह दिदै आएको बताइन् । उनले हालै ३ वटा चेलीबेटी बेजविखनको मुद्धा आफु कहाँ आएको जानकारी दिदै भनिन् त्यस्ता मुद्धा प्रहरी कहाँ दर्ता गर्न सुझाब दिएको बताईन् ।

न्याय खोज्दै हिडेका जो कोहीलाई पनि न्यायिक समितिको सेवा लिन नगरपालिकाकोे कार्यालयमा आउन समेत उनले आग्रह गरेकी छिन् ।