नेपालको सुरक्षा नीति बनाउने जिम्मा एनजिओको हातमा?

कैलाली, १० फागुन । नेपालमा एनजिओ आइएनजिओले जनतालाई उल्लु बनाएर देश सिध्याइरहेको नेपाल कम्यूनिष्ट पाटीका पोलिट व्यूरो सदस्य ओम प्रकाश पुनले आरोप लगाएका छन् ।

विहिबार धनगढीमा आयोजित वर्तमान राष्ट्रि«य परिस्थिति संकट र सामाधान विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
उनले एनजिओ आइएनजिओलाई दलालको संज्ञा दिदै नेपालको हरेक गतिविधिमा हस्तक्षेप गर्दै देश सिध्याउने चलखेल भईरहेको आरोप लगाए ।

नेपालमा भित्रिएको एनजिओ आइएनजिओले देश गरिब छ भन्दै विदेशी डलर कुमल्याउदै व्याक्ति मोटाउने काम मात्र भईरहेको आरोप लगाए । नेता पुनले नेपालको सुरक्षा नीति बनाउने जिम्मा पनि एनजिओ आइएनजिओको हातमा रहेको बतनउदै जता गएपनि दलालै दलाल रहेको बताए ।

उनले आफ्नो गिरफ्तारीमा परेका नेता तथा कार्यकर्ताहरुको रिहाईकोलागि सरकारसंग माग गर्दै गिरफ्तारमा परेकाहरु स सम्मान रिहाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कार्यक्रममा पाटीका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सेनाले देश नै दलालबाट चलेको बताउदै करोडौ करोडको रकम हिनामिना गर्नेलाई राज्यले छुट दिने तर भ्रष्टचार विरुद्ध अवाज उठानेहरुलाई गिरफ्तार गर्ने सरकार आफूहरुलाई स्वीकार्य नहुने बताए ।