प्रदेश ७ लाई १ नं. बनाउँछुः मुख्यमन्त्री भट्ट

काठमाडौँ, १० फागुन प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्टले १ नं. प्रदेश बनाउने जिकिर गरेका छन् ।

प्रदेश नम्बर ७ मा भट्टले मुख्यमन्त्रीको पदबहाली गरेको दुई दिन हुँदा पहिलो दिन उनले सेती अञ्चल अस्पतालमा छड्के निरीक्षण गरी अस्पताललाई चुस्त दुरुस्त राख्न आदेश दिएका थिए ।

अहिले पनि विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा रहेका उनी पदभार ग्रहण गरेलगतैबाट प्रदेश नं.७ मा केही गरेर देखाउँछु भन्दै खटिन थालेका छन् ।

विगतमा भारतमा चौकीदार हुँदै भारतबाटै राजनीति थालेका उनी प्रदेश नं.७ मा केही गरी छोड्ने आँटका साथ उत्कृष्ट बनाउने सङ्कल्प लिएको बताईन्छ ।

अरू ६ प्रदेशभन्दा फरक रहेको प्रदेश नं.७ को अस्थायी राजधानी कैलालीको धनगढी हो ।