रिहाईको माग गर्दै कोण सभा
धनगढी, ९ फागुन । पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी कैलालीले बुधवार धनगढीस्थित क्याम्पस चौकमा कोण सभा गरेको छ ।
मुलुकको विभिन्न स्थानमा आफ्नो नेता कार्यकर्ताहरुलाई विना कारण नियन्त्रणमा लिएको प्रति विरोध जनाउँदै कोण सभा गरेको हो । मंगलवार मात्रै नेपाल बन्दको आहृवान गरेको उक्त पार्टीले अझैपनि रिहाई नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कोणसभामा नेकपाका धनगढी सचिव बबरजंग सिंह, धनगढी एरिया इन्चार्ज दलबहादुर बिकले सम्बोधन गरेका थिए । भने सञ्चालन एरिया इन्चार्ज सुवाश जोशीले गरेका थिए । यसैबीच नेकपा माओवादीले थप संघर्षको कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार फागुन ११ गते देशव्यापी प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने, १२ गते प्रदर्शन गर्ने र १३ गते वृहत कार्यक्रम गर्ने भएको छ ।













